‘सरकारको प्राथमिकतामा अमेरिकाले सहयोग गर्र्छ’ राजदूत टेप्लिज
काठमाण्डौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसंग नेपालका लागि अमेरीकी राजदुत एलिना टेप्लिजको भेटवार्ता भएको छ ।
मन्त्रालयमा आयोजित भेटका क्रममा मन्त्री पोखरेलले संविधानको प्रावधान अनुरुप संघीय ढाँचामा अधिकारमा आधारित शिक्षाको व्यवस्थापन र विस्तारका लागि वैदेशिक सहायताको खाँचो रहेको बताए ।
मन्त्री पोखरेलले नेपालको संविधानमा शिक्षालाई मौलिक अधिकारको रुपमा गरेको व्यवस्थालाई व्यवहारमा उतार्ने अभियानमा अमेरिका सरकारको सहयोग उल्लेखनीय हुने बताए ।
अमेरिकी सरकारले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको लागि मन्त्री पोखरेलले धन्यवाद दिएका थिए । विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम, युसआईडी, प्रारम्भिक वाल विकास कार्यक्रम लगायतका कार्यक्रमहरुले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पु¥याएको मन्त्री पोखरेलले बताएका थिए ।
मन्त्री पोखरेलसंगको भेटमा राजदुत टेप्लिजले नेपाल सरकारको प्राथामिकता क्षेत्रमा अमेरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन । राजदुत टेप्लिजले दुई देशवीच आपसी सहमति र समन्वयबाट नेपालको आर्थिक समृद्धिका लागि सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको प्रष्ट पारिन ।