काठमाडौं ।
युवा उपन्यासकार प्रदिप बस्नेत र उनका जुम्ल्याहा भाई प्राञ्जलले आफ्नो जन्मदिन सिफलस्थित वालगृहका वालवालिकालाई खाद्य तथा शैक्षिक सामाग्री वितरण गरि मनाएका छन् ।
‘सेक्रेट लभ’ उपन्यास र ‘तितो सत्य’ कविता संग्रहका लेखक १७ वर्षिय प्रदिपले ती पुस्तकको विक्रीबाट आउने रोयल्टी सो वालगृहलाई दिने घोषणा गरेका छन् ।
ट्रिटन इन्टरनेशनल कलेज सुविधानगर तिनकुनेका कक्षा ११ का विद्यार्थी प्रदिप र भाईको जन्मदिनको अवसरमा वालगृहका वालवालिकालाई खाद्यान्न र केही सामग्री बस्नेत दाजुभाई आफैंले जुटाएका थिए भने अन्य शैक्षिक सामाग्री कलेजले उपलब्ध गराएको कलेजकी प्रशासन प्रमुख ऋतु न्यौपानेले बताइन ।