एसओएसलाई ‘उत्कृष्ट वाल संरक्षण पुरस्कार’

2296

काठमाडौं ।
एसओएस वालग्राम नेपाललाई वालसंरक्षणमा आधारित वाल संरक्षण पुरस्कार ‘डेयर फर केयर २०१७ फस्र्ट रनर अप’ ९म्बचभद्धऋबचभ ब्धबचम द्दण्ज्ञठ ज्ञकत।च्गललभच गउ० प्रदान गरिएको छ ।
एसओएस वालग्राम अन्तर्राष्ट्रियद्वारा स्थापित सो पुरस्कार एसओएस वालग्राम नेपालले वैकल्पिक स्याहारमा रहेका वालवालिकाको संरक्षण, रेखदेख र उचित शिक्षा दिक्षामा गरेको विशिष्ट सेवाको लागि प्रदान गरिएको हो ।
एसओएस वालग्राम नेपालले १२ बैशाख २०७२ को भूकम्पलगत्तै देखि भूकम्प प्रभावित १२ जिल्लामा वैकल्पिक स्याहारको कार्यक्रममा उत्कृष्ट कार्यको मुल्यांकन गरेपछि सो पुरस्कार प्रदान गरेको हो ।
पहिलो चरणमा विश्वका १३५ मुलुकमध्ये उत्कृष्ट ८ को छनौटमा परेकोमा अन्तिम मुल्यांकनमा भने नेपाल दोस्रोमा छानिएको थियो ।
नेपालको दुईहप्ते भ्रमणमा रहेका एसओएस वालग्राम अन्तर्राष्ट्रियका अध्यक्ष सिद्धार्थ कौलले सो पुरस्कार एसओएस वालग्राम नेपालका अध्यक्ष डा.ज्योति रत्न धाख्वा तथा राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मालाई सानोठिमीमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे ।