कांग्रेसद्वारा चाँगुनारायण–८ मा छायाँ वडा समिति गठन

1020

भक्तपुर । नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा छायाँ वडा समिति गठन गरिएको छ । वडा समितिको बैठकले वडा अध्यक्षका उम्मेदवार जनक खत्रीको संयोजकतत्वमा चार सदस्य समिति गठन गरेको छ । सदस्यहरुमा वडा सदस्यका उम्मेदवारहरु क्रमशः मणिराम फुयाँल, सन्जीव पुरी, कल्पना लामिछाने र मथुरा परियार रहेका छन् ।
मतदाताले गरेको अपेक्षालाई पुरा गर्न प्रयास गर्ने तथा वडा क्षेत्रमा भएका अनियमिततालाई नियन्त्रण गर्ने उद्देश्यले छायाँ सरकार गठन गरिएको नेपाली कांगे्रस चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा सभापति राधेश्याम कार्कीले बताए ।
वडा कार्यालयसँगै कोठा भाडामा लिएर कार्यालय सञ्चालन गर्ने छाँया वडा अध्यक्ष जनक खत्रीले बताए । वडा कार्यालयबाट हुने काम कारवाहीका बारेमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुका लागि छायाँ वडा समिति गठन गरेको बताउँदै छाँया अध्यक्ष खत्रीले वडा कार्यालयको ढिलासुस्ती, अनियमितता, तथा मतदाताको समस्याहरुको विषयमा सुनवाई र सहजीकरण गर्ने बताए ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ को कार्यसमितिको निर्णयले छायाँ सरकार गठन गर्ने निर्णय गरिसकेको बताउँदै क्षेत्रीय सभापति जीवन खत्रीले सोहि निर्णयका आधारमा चाँगुनारायण नगरपालिका वडा नं. ८ मा गठन गरिएको र विस्तारै क्षेत्रभरी नै छायाँ सरकार गठन गरिने जानकारी दिए ।