बलराम प्यासी
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको दुवै सदनलाई सम्वोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरीन ।
सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रम अनुसार प्रत्येक विद्यालयलाई वालमैत्री विद्यालयको रुपमा विकास गर्न विद्यालयको पुर्वाधार विकास गरिनेछ ।
शिक्षामा नीजि लगानीको नियमन गरि शैक्षिक क्षेत्रमा देखिएको विषमता (अप्ठेरो स्थिति)को अन्त्य गरिनुका साथै अपांगताको अवस्था र प्रकृतिअनूरुप आवश्यकताको आधारमा प्रतयेक प्रदेशमा पुर्वाधारयुक्त विशेष शिक्षा आवाशिय विद्यालय सञ्चालन गरिनेछ ।
विद्यालय शिक्षाको पाठ्यक्रममा राष्ट्रियता र देशप्रेमको भावना विकास गर्ने,उच्च नैतिक चरित्र विकास गर्ने र कर्तव्यवोध गराउने विषय समावेश गरि विद्यार्थीहरुमा आर्दश र अनुशासित नागरिकका गुणहरु विकानस गरिने सरकारको नीति रहेको छ ।
यसैगरि उच्च शिक्षालाई विशिष्टीकरण गरि विश्वविद्यालयहरुलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरिने, प्रदेशहरुमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गरिने, स्थानीय तहमा पोलिटेक्निक केन्द्र स्थापना गरेर प्राविधिक तथा व्यावसायिक शिक्षाको अनुपात बढाउँदै विद्यालय तहदेखि नै जीवनउपयोगी व्यवासाकि र प्राविधिक शिक्षामा जोड दिइने पनि उल्लेख गरिएको छ ।
यसैगरि विज्ञान र प्रविधिको क्षेत्रमा विश्वस्तरको अधययन, अधयापन र अनुसन्धान गर्नुका साथै विशिष्ट प्रतिष्ठानको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि अध्ययन प्रतिष्ठान गरिने कुरा सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गरिने’
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले आगामी पाँचवर्षभित्र सरकारले सबै स्थानीय तहमा कम्तिमा पनि १५ शै्ययाको अस्पताल निर्माण गरिने बताइन ।
प्रत्येक स्थानीय तहमा एकजना चिकित्सकको व्यवस्था गरिने उल्लेख गर्दै उनले एकसय भन्दा बढी शैय्या भएको अस्पतालमा जेष्ठ नागरिक वार्डको व्यवस्था गरिने बताइन ।
स्वास्थ्य सेवा प्रदायक सार्वजनिक, नीजि र सामुदायिक संस्थाहरुसंग सहकार्य गरि आमा तथा नवजात शिशुको स्वास्थय सुरक्षा सुनिश्चित गरिने, अशक्त, असहाय र वेवारिसे मनोसामाजिक विरामीहरुको उपचार र पुर्नस्थापना गरिने, स्वास्थय केन्द्रहरुमा आकसिम्क शल्यक्रिया र ट्रमा उपचार सेवा उपलब्ध गराई दुर्घटनाबाट घाइते भएका विरामीहरुको प्रारम्भिक उपचारको व्यवस्था मिलाइने सरकारको नीति रहेको छ ।
यसैगरि नीति तथा कार्यक्रममा गुणस्तरीय पुर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गरि अस्पतालको सेवामा सुधार गरिने, चिकित्सक तथा स्वास्थ्यकर्मीले विरामीलाई गरिने व्यवहारसम्वन्धि आचार संहिता लागु गरिने उल्ले गरिएको छ । सबै नेपालीको स्वास्थय विमा हुने गरि स्वास्थय विमा कार्यक्रम विस्ता गरिने र स्वास्थय विमाको प्याकेजमा पुनरावलोकन गरि समय सापेक्ष बनाइने पनि उल्लेख गरिएको छ ।
स्वास्थय सेवामा निरोधात्मक र प्रतिरोधात्मक पद्धतिको सम्मिश्रण गरिने, द्यिमान नीति तथा कानूनहरुमा सुधार गर्दै जनस्वास्थयमा प्रतिकूल प्रभाव पार्ने वस्तुको उपभोग निरुत्साहित गरिने, आयुर्वेदिक, युनानी, होमियोप्याथी र प्राकृतिकलगायतका चिकित्साप्रणालीलाई आधुनिकीकरण गरि संरक्षण र प्रर्वद्धन गर्नुको साथै विदुषि योगमाया आर्युवेद विश्वविद्यालय स्थापना गर्ने पनि सरकारको नीति रहेको छ ।
अस्पताल लगायत उद्योगहरुबाट निस्किने फोहोरमैलालाई सुरक्षितरुपमा वयवस्थापन नगर्ने सञ्चालकहरुलाई कारवाहीको दायरामा ल्याइनुका साथै सार्वजनिकस्थल खोला, नदी र सार्वजनिक स्थानमा फोहोरमैला फयाल्नेलाई दण्डित गर्ने सरकारले सोमबार सार्वजनिक गरेको नीतिमा उल्लेख गरिएको छ ।