सेवाग्राहिमाथी वडा अध्यक्षको लात्ता प्राहर

7784

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाकोटमा निवेदन दर्ता गर्न गएका सेवा ग्राहिलाई वडा अध्यक्ष शिवहरी केसीले लात्ताले हानेका छन् । वडामा साविकमा भोग चलन भई आएका बाटोहरु बढाउने काम धमाधम रुपमा भई रहेको अवस्थामा आफ्नो घर जाने बाटो पनि नियम संवत रुपमा बढाउन निवेदन दर्ता गर्न गएका सेवाग्राही मिलन कार्कीलाई वडा अध्यक्षले लात्ताले हानेका हुन् ।

बडा अध्यक्षको लात्ताको डोव मिलनको जाकेटमा

कार्की टोल जान वडा अध्यक्षको जग्गा भएर नै जानु पर्ने तथा बाटो बढाउने निवेदन दिँदा आफ्नो जग्गा जाने र पुरानो गाईगोठ पन्छाउनु पर्ने भएका कारण वडा अध्यक्षले कार्कीलाई निवेदन दर्ता गर्न नमानि धम्काउँदै लात्ताले हानेको प्रत्यक्ष दर्शिको भनाई छ । करिव तीस जनाको हस्ताक्षर भएको बाटो अन्य स्थानमा जस्तै उक्त स्थानमा पनि बढाउन ल्याएको निवेदन मंगलवार वडा अध्यक्षले दर्ता गर्न नमानेको तर निवेदन भने आफु सँगै राखेका थिए । उक्त निवेदन किन दर्ता हुन्न भनी मिलन बुधवार वडा कार्यालय पुगेको थिए । वडा अध्यक्षले यो आपसी रुपमा मिलाउँला निवेदन दर्ता हुन्न भने उसो भए मलाई मेरो निवेदन फिर्ता दिनु न त भन्दा उनले एक्कासी दुई लात हाने र धम्काउँदै निवेदन दर्ता नगर्ने भने कार्की सुनाउँछन् । वडा भर भोग चलन भई आएका बाटो बढाउने काम भई रहेको छ तिन पुस्ता देखि भोगचलन गरि आएको बाटो केहि बढाएमा हामीलाई पनि राहत पुग्ने थियो भएको मोटरवाईक घर सम्म लैजान सहज हुने थियो भनी पुरै टोलवासी मिलेर निवेदन दिन जाँदा आफुमाथी वडा अध्यक्षको उल्टै धम्काई र लात्ता नै प्राहर भएको उनी बताउँछन् ।
वडा अध्यक्षले कार्की माथि लात्ता नै हाने पछि आफ्नो गल्ती छोप्न उनले निलो कालो हुँदै निवेदन भने दर्ता गरेको अन्य सेवाग्राही बताउँछन् ।

अनेत्र स्थानमा बाटो खन्न देखाउँदै बडा अध्यक्ष

अनेत्र बाटो नै नभएको स्थानमा धमाधम वडा अध्यक्ष नै आफै बसेर डोजर लगाई रहेका छन् । आफ्नो जग्गा पर्ने भयो भन्दैमा चलनचल्तीमा भएको बाटो बढाउन माग गर्न जाँदा उल्टै लात्ताले हान्नु कतिको न्यायोचित होला त मिलन बताउँछन् ।
वडा अध्यक्ष शिवहरी केसी भने वडामा ठुलो केहि नभएको बताउँछन् । तपाईले लात्ताले हानेको हो भन्दा उनी कार्कीले वडामा धक्की पुर्ण भाषा प्रयोग गरेको टेवल धकेलेको कुरा गर्दे उनले आफुले गरेको गल्ती भने ढाकछोप गरे ।