भक्तपुर । काभ्रेको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले सोहि दिशावाट आइरहेको स्कुटिलाई ठक्कर दिदाँ तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
बा ३ ख ६६७४ नंको टिपरले बा ५६ प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सुचना अधिकृत प्र।नि। सुशील कुमार पाण्डे ले जानकारी दिए ।
मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, भक्तपुर लोकन्थलीमा बस्ने बर्ष ३६ की सविता घिमिरे र सविता घिमिरेको छोरा नेपाल प्रहरी आवसिय उच्च माध्यमिक विद्यालय साँगा काभ्रेमा पढ्ने बर्ष १३ को अरविन घिमिरे रहेका छन् ।
तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिइएको भएपनि हाल सम्म टिपरका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।