प्रिमियर स्कुलमा हेपाई विरुद्धको सप्ताह

364

 

ललितपुर ।

विभिन्न समुदाय र विभिन्न ठाउँबाट पढ्न आउने बालबालिका भेट हुने महत्वपूर्ण स्थान भनेकै विद्यालय हो । जहाँ ति विद्यार्थीहरुले दैनिक करीव ८ घण्टा समय बिताउँछन । विद्यालयमा विभिन्न समुदाय र संस्कृतिको प्रतिनिधित्व गर्ने बालबालिका हुन्छन् ।

तर त्यही विद्यालयमा एकले अर्काेलाई गिज्याउने, हेप्ने र जिस्काउने गरेको तथ्य जोकोहीले विद्यार्थीले देख्दै र भोग्दै आएका छन् । यस्तो अवस्थामा विद्यार्थीलाई समयमै यस्ता नकारात्मक भोगाईबारे जानकारी गराउदै उनीहरुलाई समयमै सचेत बनाउन प्रिमियर इन्टरनेशनल आई.बि.वल्र्ड स्कुलले हेपाई विरुद्धको सप्ताह (एन्टि बुलिङ्ग विक) मनाएको छ ।

बालबालिकामा एक अर्कालाई हेप्ने, एकआपसमा नराम्रा नाम राखेर बोलाउने समुह बनाई एक्लोलाई हेप्ने, सामाजिक सञ्जालमा रहेर आफूलाई मन नपरेका साथीलाई नकारात्मक टिप्पणी गर्ने, लैङ्गिक हिंसातर्फ उद्धत हुनेजस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न प्रिमियर स्कुलले वर्षको दुई पटक साप्ताहिक रुपमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका भाइस प्रिन्सिपल प्रदिप बज्राचार्यले बताए ।

वैशाख र जेष्ठ महिनामा गरि यस हेपाई विरुद्धको अभियान कार्यक्रमको सञ्चालन विद्यार्थी क्रियाकलाप समितिले गरेको थियो । यस कार्यक्रममाकक्षा ६ र ७ का विद्यार्थीहरुले आफैले निर्माण गरेका हेपाइ विरुद्धका पोष्टरहरु प्रर्दशन गरेका थिए भने सन्देशमूलक नाटक पनि प्रर्दशन गरेका थिए ।

त्यसै कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीले आफुले लेखेका कविताहरु वाचन गरेर सुनाएका थिए । हप्ताभरि चलेको यस कार्यक्रममा प्रत्येक दिन विद्यार्थीले हेपाइ विरुद्धका विभिन्न सन्देशमुलक कार्य गरेका थिए । यस्ता किसिमका कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वासी र खुला विचारक बनाउने विद्यालयकी प्रधानाध्यापक शिरिष श्रेष्ठले बताइन ।

बालबालिकाहरुले आफ्नो दुःख पीडालाई सजिलै अरु सामु राख्न नसक्दा उनीहरुमा नराम्रो मनोवैज्ञानिक असर पर्न जाने र यसका कारण उनीहरुलाई नराम्रो काम गर्नेसम्मको अवस्था सिर्जना हुने गरेका थुप्रै घटना देख्न पाइन्छ ।

यसरी हुने घटनालाई निरुत्साहित गर्न यस्ता हेपाईका विरुद्ध बोल्ने आँट वालवालिकामा हुनु जरुरी छ । जसका लागि उनीहरुमा के कस्ता कार्यहरु गलत हुन भन्ने बारेमा जानकारी गराउनु विद्यालयको पहिलो कर्तव्य हो भन्दै प्रिमियर स्कुलले यस्तो चेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यालयले आयोजना गर्दै आएका विविध अतिरिक्त क्रियाकलापसँगै सो कार्यलाई पनि निकै महत्व दिँदै आएको र सो कार्यक्रमले गलतकार्य विरुद्ध आवाज उठान गर्नुपर्छ भन्ने भावनाको विकास गरेको कुरा प्रिमियर स्कुलकी निर्देशक पवित्र लिम्बुले बताइन ।

विद्यार्थीका समस्याहरु समाधान गर्न उनीहरुका समस्याहरु सहज रुपमा राख्ने निश्चित स्थान हुनुपर्ने कुरालाई मध्यनजर राख्दै विद्यार्थी प्रिमियर स्कुलले क्रियाकलाप समितिमार्फत त्यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।