मन्त्री पोखरेल र न्युजिल्याण्डका राजदूतबीच भेट

352

काठमाण्डौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि न्युजिल्याण्डका राजदूत जोना केम्पर्सवीच शिष्टाचार भेट भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशवबीचको सम्बन्ध सुमधुर राख्न सहकार्य र साझेदारी गर्ने विषयमा छलफल भएको छ । भेटमा राजदूत केम्पर्सले नेपालको शैंक्षिक अवस्थाको विकासको लागी न्युजिल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताइन ।
भेटका क्रममा शिक्षा क्षेत्रको विकाससंगैं नेपालको खेल विज्ञान, पर्यटन विकास र राष्ट्रिय उद्यान व्यवस्थापनमा न्युजिल्याण्डले सहयोग गर्ने राजदूत केम्पर्सले प्रतिबद्धता व्यक्त गरीन ।
सरकारले चालु शैक्षिक सत्रमा सञ्चालन गरेको नयाँ विद्यार्थी भर्ना अभियानको सफलता, सरकारको प्राथामिकता र शिक्षामा छुट्याएईको बजेटका सन्र्दभमा पनि छलफल भएको थियो ।
राजदूत केम्पर्ससंगको भेटमा मन्त्री पोखरेलले नेपालमा वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औंल्याउँदै राजदूत केम्पर्ससंग सहयोगको लागि अनुरोध गरेका थिए ।