भक्तपुर – विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरका संस्थापक सदस्य एवं वर्तमान सल्लाहकार रत्नगोपाल सैंजुको ८७ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक सुत्रका अनुसार अघिल्लो दिन सिनामंगलको के.एम.सी. अस्पतालमा आइसीयुमा उपचार्थ सैंजु जेठ १५ गते निधन भएको हो । उहाँको सोहि दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको परिवारले जनाएका छन् ।
सैजु सामाजिक कार्यकर्ताको रुपमा भक्तपुरमा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा हुनुहन्छ । उहाँले पंचायती व्यवस्थाको पहिलो चुनावमा भक्तपुर नगरपालिका वडा नं. १४ मा वडाध्यक्षको रुपमा जनताको सेवा गर्नु भएको थियो भने । पंचायती व्यवस्थाले नेपाली जनताको हक, अधिकार र भाषिक स्वतन्त्रताको हनन गरेपछि तानाशाही व्यवस्थाको विरुद्धमा आवाज बुलन्द गर्न नेपालभाषा साहित्य सम्मेलन गुथि स्थापना गर्नु भएको विराट गुथिका सचिव बाबुकाजी श्रेष्ठले संचारकर्मीलाई समरण गराउनु भयो । सानै देखि सामाजिक कार्यमा क्रियाशील सैंजु भक्तपुरका विभिन्न संघसंस्थाहरुमा पनि आवद्ध थिए । नेपालभाषा साहित्य मन्दिरमा सदस्य र बाराही मन्दिर विकास समितिमा पूर्व अध्यक्ष समेत रहनु भएको उहा“ नेपालभाषा, साहित्य, कला र संस्कृति जगेर्ना गर्नमा ठूलो योगदान दिएको थिए । उहा“ले भाषाषिक र साहित्यिक माध्यमबाट विभिन्न आन्दोलनका सशक्त नेतृत्वकारी भूमिका निर्वाह गरेका थिए ।
भक्तपुरको नासमना टोल वि.सं. १९९८ सालमा जन्मिनु भएको स्व. रत्नगोपाल सैंजुका २ छोरा, ५ छोरी र श्रीमती पहिलै मृत्य भइसका थिए ।
विराट गुथिका अध्यक्ष कृष्णभक्त बोडेले उहाँको निधनले विराट गुथिलाई अपुर्णीय क्षति भएको र सशक्त अभिभावक गुमाएका धारण राख्दै उहाँको आत्माको चिरशान्तिको कामना गरी हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् र उहाँकै मार्गदर्शनमा सधैं विराट गुथि लागिरहने बोडेले विचार व्यक्त गर्नुभयो ।