पैदलयात्रामा गति बढाएर जीवनका केही वर्ष थप्न सक्नुहुन्छ तपाईंले । वैज्ञानिकहरूका अनुसार, छिट्टो हिँड्ने मान्छेले मृत्युको खतरालाई धेरै हदसम्म कम गर्न सक्छ ।
सुस्त गतिमा हिँड्नुभन्दा औसत गतिको हिँडाइले कुनै पनि कारणले हुने मृत्युलाई २० प्रतिशतसम्म कम गर्न सक्छ । तीव्र गतिबाट हिँड्दा यो खतरालाई २४ प्रतिशतसम्म कम गर्न सकिन्छ ।
एक नयाँ अध्ययनअनुसार, चालको गतिको प्रभावलाई वृद्धहरूमा बढी स्पष्ट रूपमा देखियो । औसत गतिमा हिँड्ने ६० वा त्यसभन्दा बढी उमेरका व्यक्तिहरूमा मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिममा ४६ प्रतिशतको कमी भएको पाइयो भने तीव्र गतिमा हिँड्नेहरूमा यो कमी ५३ प्रतिशत रह्यो ।
अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका इम्मानुएल स्ट्यामाटाकिसले भने, ‘मानिसले तीव्र गथित अर्थात् प्रतिघन्टा पाँचदेखि सात किलोमिटर हिँड्नुपर्छ । तर यो हिँडाइ स्वास्थ्यस्तरमा पनि निर्भर रहन्छ । छिट्टो हिँडेर रोकिँदा तपाईंको सास फुल्यो वा तपाईंलाई पसिना आयो भने राम्रो ।
यो अध्ययन निष्कर्ष ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित भएको छ ।