भक्तपुरको इसिडीबाट विदेशी दंग

1423

 

सञ्जीब दुलाल

भक्तपुर । नेपालको प्रारम्भिक बालविकासका बारेमा विदेशी शिक्षक तथा विभिन्न निकायका पदाधिकारीले प्रशंसा गरेका छन् । भक्तपुरको दरबारक्षेत्रस्थित विद्यार्थी निकेतन माविको इसीडीको अवलोकन गर्दै उनीमात्र नभएर उनीसँगै आएका विदेशीहरु दंग भएका हुन् । भक्तपुरको नै पहिलो समुदायिक विद्यालयमा संचालन भई आएको इसिडी कक्षा अवलोकन गर्दा उनीहरु दंग भएका थिए ।

‘नेपालका बाल विकास केन्द्रहरुले पनि उल्लेखनीय काम गरिरहेको कुरा यो इसीडी सेन्टरको अवलोकनबाट थाहा भयो ।’ अवलोकनको क्रममा सम्मेलनमा सहभागी हुन आएका युनिसेफका सिमोनले भने ।

प्रारम्भिक बालविकासका बारेमा नीतिगत छलफल र आगामी रणनीति तय गर्न आयोजना हुन लागेको एसिया प्रसान्त क्षेत्रीय सम्मेलन अन्तर्गत आएका विभिन्न १६ देशका विदेशी शिक्षक, प्राध्यापक तथा इसीडी विज्ञको टोलीमा सहभागी वालविकास विज्ञ एवं मनोवद् मिनाक्षी दाहालले भनिन्, ‘उनीहरुले यो केन्द्रमा अभिनय सिकाइ केन्द्र, निर्माण सिकाइ केन्द्र, भाषा सिकाइ केन्द्र, सामुहिक अन्तरक्रिया केन्द्र, विज्ञान सिकाइ केन्द्र, स्वावालम्बन सीप सिकाइ केन्द्र, सिर्जना तथा कला सिकाइ केन्द्र र गणित सिकाइ केन्द्र छ, यो ज्यादै राम्रो हो भनेका छन् ।’

शिक्षा नियमावलीमा प्रारम्भिक बाल विकास केन्द्रको न्यूनत्तम मापदण्डमा आधारित सिकाइ क्षेत्रका नमूनाहरुमा माथिका क्षेत्र हुनुपर्ने प्रावधान रहेको छ ।

एसिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढि मुलुकका प्रतिनिधि र विज्ञहरु सहभागी हुने सम्मेलनमको पूर्वसन्ध्यामा मलेसिया, बंगलादेश, क्यानडा, ब्रिटेन, सिंगापुर, पाकिस्तान, कोरिया, दक्षित अफ्रिका, फिजीलगायतका देशबाट आएका शिक्षकल भक्तपुरको नमूना बालविकास केन्द्र बनेको विद्यार्थी निकेतन बालविकास केन्द्रको स्थलगत अवलोकन गरेका थिए । उनीहरुले सो क्रममा केन्द्रका सहजकर्ताहरुसँग पठनपाठन, अतिरिक्त क्रियाकलापका विषयमा अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियामा शिक्षा विकास समन्वय इकाइ भक्तपुरका प्रमुख हरि दाहाल, कार्यक्रम संयोजक यमुना पोखरेल, पूर्व जिल्ला शिक्षा अधिकारी एवं सेतो गुराँसका राज्यलक्ष्मी नकर्मीले शिक्षाको जगको रुपमा रहेको बालविकास केन्द्रलाई अझ सशक्तिकरण गर्नु जरुरी रहेकोमा जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमचरण अमात्य र प्रधानाध्याक सर्जनी जोशीले बालविकास केन्द्रले विद्यालयको छवि विकास गर्नमा सहयोग पुगेको बताए ।

विद्यालयले संचालन गरेको इसिडीमा अध्ययन गरेका विद्यार्थी हाल कक्षा ६ मा पुगि सकेका विद्यालयले जनाएको छ । भक्तपुरको नै नमुना इसिडी रहेको उक्त विद्यालयमा हाल विद्यार्थीलाई पोषाक , खाजा र पाठ्य सामग्री निशुल्क उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ । प्राय गरिवका विद्यार्थी नै सामुदायिक विद्यालयको इसिडी लगाएत अन्य कक्षामा पढन आउने भन्दै विद्यालयले इसिडी देखि कक्षा तीन सम्म नै खाजा निशुल्क नै खुहाउँदै आएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा मंगलबार होटल याक एण्ड यति होटलमा बाट हुने २ दिने सम्मेलन हुँदै छ ।