भक्तपुरमा बञ्चरो हानेर श्रीमतीको हत्या

409

भक्तपुर  । भक्तपुरमा गए राती श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले २८ वर्षीया सलेना माझीको बञ्चरो प्रहार गरि हत्या  गरि हाल फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बञ्चरो प्रहारबाट घाइते भएकी सलेनाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो । राममाया कार्कीको घरमा डेरामा बस्दै आएका माझीले श्रीमतीसँग झगडा भएपछि टाउकोमा बञ्चरो प्रहार गरेको हुन् । फरार माझीको खोजी कार्य भैरहेको प्रहारीले जनाएको छ ।