फ्रान्स–अर्जेन्टिना खेल ‘दि अनफेयर गेम’

1605

काठमाडौं । फिफाको आदर्श छ ‘फेयर प्ले’ । अर्थात् ‘स्वस्थ्य खेल’ । तर रुसमा जारी विश्वकप फुटबलको शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनलको खेलमा दुई पटकको विजेता अर्जेन्टिना र एक पटकको विजेता फ्रान्समा त्यो स्वस्थ्य खेल थिएन । अस्वस्थ्य खेल थियो ।

खेल फ्रान्सले ४–३ ले जित्यो । तर त्यो खेल स्वस्थ्य थिएन । अस्वस्थ्य हुनुका पछाडि दुई टिमले पाएका कार्ड र खेलेका फाउल नै हुन् ।

खेलमा ८ वटा पहेंलो कार्ड र ३६ फाउल भएको थियो । अर्जेन्टिनाले ५ पहेंलो तथा फ्रान्सले ३ पहेंलो कार्ड पायो । त्यसैगरी फ्रान्सले २१ फाउल खेल्यो भने अर्जेन्टिनाले १५ फाउल ।

फ्रान्सका दुई खेलाडीको उपचार नै गर्नुपरेको थियो । अर्थात् फिफाको आदर्श यो खेलमा कतै देखिएन । खेलाडीहरु झगडा गर्न नै उत्रिएका थिए ।

२० मध्ये तीन पटक विश्वकप उचालेका दुई टिमबीचको यो खेल कतैबाट  फेयर प्ले देखिँदैनथियो ।

विशेषगरी एसियाली राष्ट्रहरु बढी फेयर प्लेमा विश्वास गर्छन् । तर जहिले पनि एसियाबाट विरलैमात्र राउन्ड अफ सिक्सटिनमा पुगेका छन् ।

त्यही रुस विश्वकपमा पहिलो पटक एसियाली पावर हाउस जापानले फेयर प्लेकै आधारमा राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको छ ।

फिफाको मोट्टो (आदर्श) को ख्याल राख्ने कि जसरी पनि जित्ने खेल खेल्ने ?
When Olivier Giroud needed treatment, Nicolas Otamendi grabbed his water bottle for a drink