कराँते खेलाडीहरुलाई सम्मान

731

भक्तपुर । भक्तपुरमा कराँते खेलाडीहरुलाई सम्मान गरिएको छ । सितेरियो सोपुकान कराँतेद्दारा आयोजित जुनियर राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी एवं पदक विजेता खेलाडीहरुलाई सुर्यविनायक नगरपालिकाको सहयोगमा ट्रयाकसुट र जुत्ता प्रदान गर्दै सम्मान गरिएको हो ।
विद्या आर्जन स्कुल आर्दशमा आज एक कार्यक्रमका विच सहभाी एवं पदक विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पञ्चवुद्द रियल स्टेट प्रालीका अध्यक्ष एवं राष्ट्रवादी खेलकुद महांसंघका कोषाध्यक्ष रविन्स लामाले सम्मान गर्नुभएको हो ।

उहाँले खेलाडीलाई सम्मान गर्दै नेपाली एक्लैले विश्व विजेता हुन सक्ने खेल मध्यमा कराँते पनि एक भएको बताउनुभयो । कराँते जस्ता एकल खेलमा लाग्ने खेलाडीले मिहेनत गर्ने हो भने विश्व विजेता हुन् सक्छन् यसैले हामीले खेललाई निरन्तरता दिदै विश्व विजेता हुने लक्ष्य राख्नु पर्ने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा कराँते प्रशिक्षक एवं दशांै साफका पदक विजेता अन्तराष्ट्रिय रेफ्रि रामशरण त्वती , प्रशिक्षक पृथ्वी बासुकला , सञ्जय तामाङ, अनिल श्रेष्ठ, तौमडी युवा क्लवका उपाध्यक्ष सिवराम भुजू, भक्तपुर एफएमका संचालक सदस्य मोहन दोङ, सरोज धिताल प्रेम थापामगर , खड्ग तामाङ लगाएतका अतिथिले खेलको विकास हुन सकेमात्र देशको विकास हुने बताएका छन् ।

उनीहरुले यदि खेलको विकास हुन सकेको भने हामी जहिले पनि विकासको पछि पर्ने बताउँदै खेलको माध्यमबाट आफुहरुले देशलाई विश्व विजेता बनाउन तर्फ लाग्नु पर्ने बताए ।
खेलाडी सम्मान कार्यक्रममा सम्मानित हुने खेलाडीहरुमा
स्पन्दन तामाङ
अंविका प्रजापती
अभिषेक तामाङ
सुवास परियार
कान्छा तामाङ
डेनिस साँगाछे
सुन्दर तामाङ आयुष श्रेष्ठ
दिनेश लामा
पुजन लामा
स्माइल सुवाल
सिरुषा बोझु
सरिता तामाङ
पुर्णिमा रानामगर
पदम सम्भवी तामाङ
श्रेया रंजितकार
एरिस शर्मा
सोनु तामाङ रहेका कार्यक्रम संचालक एवं भक्तपुर मेन डोजोका प्रशिक्षक राष्ट्रिय रेफ्रि सुर्य लामाले जानकारी दिनुभयो ।