काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर अन्तर्गत पर्ने काठमाडौं महानगरको १०, ३१ र ३२ वडालाई लागुपदार्थ दुव्र्यसनमुक्त, अपराधमुक्त, अवैध मदिरा, वेश्यावृत्ति, गुण्डागर्दी तथा सडक र्दुघटनामुक्त बनाउन शनिबार पनि टोलटोलमा प्रहरी परिचालन तथा जनचेतनामूलक अभियान जारी गरिएको छ ।
सोही अनुरुप गत हप्ताको शनिबारदेखि ती तीनवटै वडामा शुरु गरिएको टोलटोलमा प्रहरी अभियान अन्र्तगत प्रहरी र विद्यार्थीमिश्रीत र्याली शनिबार कोटेश्वर महादेवस्थान, कोटेश्वर चोक, सेतीओपी हुँदै पुनः कोटेश्वर महादेवस्थान पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भयो ।
यसअघि सो र्यालीको उद्घाटन गर्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले अपराधमुक्त समाज स्थापना गर्न स्थानीय जनताको सहयोग अपरिहार्य रहेको बताए ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वर तथा सामुदायिक प्रहरी सेवा कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज कोटेश्वर तथा कोटेश्वर महादेवस्थानलाई १ नं टोलको रुपमा आधार मानी आयोजना गरिएको र्यालीको संयोजक सुवास रिमाल थिए ।
वृत्त अन्र्तगतका १०,३१ र ३२ गरि ३ वटा वडालाई १० वटा टोलमा विभाजन गरी टोलटोलमा प्रहरी अभियान सञ्चालन भइरहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामाले बताए ।
कार्यक्रममा प्रभाग प्रमुख लामा, मनोहरा समाजका अध्यक्ष पदम कुमार रेग्मी, ३२ नं वडासदस्य राजेन्द्र न्यौपानेलगायतले बोलेका थिए भने महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरबाट सडक सुरक्षाबारे जानकारी गराइएको थियो ।