काठमाडौं । मुलुक लगायत विदेशमा समेत आफ्नो शाखा विस्तार गर्ने उद्धेश्यले ३ वर्षअघि राजधानीको नक्सालमा खोलिएको अनतराष्ट्रियस्तरको क्लासिक ममःको तेस्रो वार्षिकोत्सव मनाइएको छ ।
आमा भेन्चर प्रालिद्वारा करीव ५ करोड रुपैयाँको लागतमा सञ्चालित सो ममःको नक्साल, खिचापोखरी (नयाँसडक) र ठमेलको साथै भारतको बैंगलोरमा समेत आउटलेट रहेको छ । निकट भविष्यमै अमेरिकामा क्लासिक ममःको अन्तराष्ट्रिय आउटलेट खोल्ने योजना रहेको आमा भेन्चर प्रालिका संस्थापक अध्यक्ष हरिश्वर पोखरेलले बताए ।
क्लासिक ममको तेस्रो वार्षिकोतसवको अवसरमा क्लासिक ममःमा कार्यरत १० जना उत्कृष्ट कर्मचारी तथा नक्साल शाखालाई अध्यक्ष पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
यसरी पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुमा नक्साल शाखाका प्रवन्धक राजकुमार खड्का, मास्टर किचेन विनोद तामांग, सुप्रिया तामांग, गणेश राउत, पवन कार्की, रोधा जिरेल, न्यूरोड शाखाका विन्दु शाही, प्रनव खत्री, जेम्स ढकाल तथा ठमेल शाखाका भिम राज छन ।
गुणस्तरीय खाद्यान्न, मासु, तेललगायत कच्चापदार्थ प्रयोग गरि पुर्ण शुद्धताका साथ सञ्चालित क्लासिक ममः नाफा कमाउने उद्धेश्यभन्दा पनि अन्तराष्ट्रिय ब्राण्डको रुपमा स्थापित गर्न खोलिएको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार तीनवटा आउटलेटमा हाल सयजनाभन्दा बढी कर्मचारी कार्यरत छन् ।