नवआगन्तुक विद्यार्थीलाई ग्रामरमा स्वागत

406

 

काठमाडौं । शैक्षिक सत्र २०७५।०७६ मा ग्रामर कलेज कोटेश्वरमा विज्ञान, व्यवस्थापन र मानवीकि विषयमा भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागतमा सो कलेजले शनिबार परिचयात्मक तथा स्वागत कार्यक्रमको आयोजना गर्यो ।

ग्रामर फाउण्डेशनका अध्यक्ष पुरञ्जन राइको प्रमुख आतिथ्य तथा ग्रामर स्कुल व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको अध्यक्षतामा सम्पन्न नवआगन्तुक विद्यार्थीको स्वागत तथा परिचयात्मक कार्यक्रममा कलेजका संस्थापक प्रिन्सिपल राजकुमार राईले कलेजको नीति नियम र अध्यापनका विविध पक्षबारे बताएका थिए भने कलेजका निर्देशकहरुका साथै कलेजका विज्ञान, व्यवस्थापन र मानवीकि विभागका प्रमुख तथा विषयगत शिक्षकहरुले स्वागत गरेका थिए ।

नवआगन्तुक विद्यार्थीको सम्मानमा सो कलेजमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।