काठमाडौं । सुविधानगर, तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल अन्तर्गतकोे ट्रिटन स्काउट ट्रुपका ४ दर्जन स्काउटलाई दिक्षा दिइएको छ ।
असार महिनामा नेपाल प्रहरीबाट ‘उत्कृष्ट प्रहरी पुरस्कार’ बाट पुरस्कृत महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामा, विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदी तथा स्काउट गुरु शिवकुमार त्वायनाले स्काउटलाई स्कार्फ, ब्यायज दिएर दिक्षा दिएका थिए ।

वरिष्ठ स्काउट गुरु शिवकुमार त्वायना तथा बलराम प्यासीद्वारा सञ्चालित सो स्काउट कक्षामा आवद्ध रहेका पाँचदर्जन स्काउटले गत ५ महिनादेखि स्काउट प्रशिक्षण लिइराखेका थिए ।

स्काउटलाई दिक्षा दिँदै महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख लामाले नवदिक्षित स्काउटले आफु अनुसासनमा रहँदै अरुलाई पनि अनुसासित बनाउने विश्वास व्यक्त गरे । नेपाल प्रहरीले गत महिनादेखि सञ्चालन गर्दै आएको ‘टोलटोलमा प्रहरी अभियान’लाई सफल पार्न ट्रिटन स्काउटका विद्यार्थीहरुले सघाउने पनि विश्वास व्यक्त गरे ।
विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदी तथा शैक्षिक प्रमुख चक्रकुमार श्रेष्ठले नवदिक्षित स्काउटको सामाजिक कार्य तथा अनुशासित कृयाकलापले विद्यालयको छवि उच्च पार्ने कुरा बताए ।








































