लोप भइसकेको सुडालको जात्राले एस वर्ष पनि निरन्तरता पायोे

890

सुडाल । लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् गाईजात्राले यस वर्षपनि निरन्तरता पाएको छ । लिच्छविकालिन राजा आनन्द देवको पालादेखी अवरुद्ध भएको सो जात्रा २०६९ सालबाट पुनः संञ्चालनमा ल्याईएको थियो । आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि विभिन्न जात्रा सहित गाईजात्रा पनि उतै सारिएको थियो ।
नगर सरे सँगै जात्रा सञ्चालन गर्न कठिन भएपछि जात्रा रोकिएको विभिन्न पुस्तकहरुमा समेत उल्लेख भएको संस्कृतविद्हरु बताउँछन् ।
सायता जात्राका रुपमा उक्त समय मनाईने गरेको गाई जात्रा नगर स्थानान्तरण सँगै हालको भक्तपुर नगरमा मनाउन थालिएको ईतिहाँसमा उल्लेख भएको सँस्कृती विध पुरुषोत्तम लोचर श्रेष्ठ बताउँछन् । उनका अनुसार सुडालमा हाल पनि अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर रही रहनुले पनि भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा उक्त स्थानमा गएर पूजाआजा गर्नुपर्ने प्रचलन रहेको छ जस बाट हाल सम्म पनि शक्ती केन्द्र भने सुडालमा नै विद्यमान रहेको स्पस्ट हुन्छ ।
नगरमा मनाइने सवै भन्दा ठुलो गण नगदुर्गको मुकुटकालागि सुडालमा अवस्थित ब्रम्हायणीको मन्दिर परिसरको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट गाईजात्राको महत्व सुडालमा धेरै रहेको छ । यस्तै भक्तपुरका अन्य नगरमा पनि गाईजात्रा आफ्नै गाउँमा निकाल्न थालिएको छ । भक्तपुर नगर सम्म जात्रा लैजान कठिन एवं भिड हुने र आर्थिक रुपमा पनि खर्चिलो हुने भएपछि भक्तपुरका ताथली, वागिश्वरी , सिपाडोल,दधिकोट गाविस लगाएतका स्थानमा जात्रा निकाल्न थालिएको छ । जनधनत्को वृद्धि संग संगै आआफ्नै क्षेत्रमा मृतकको सम्झना गर्दै जात्रा निकाल्नु सहारनिय भएको संस्कृतिविधहरु बताउँछन् ।