नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा मूल्य बढाएको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए।
गोइतका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढेको छ। स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको उनले जानकारी दिए। अवदेखि पेट्रोल लिटरको ११४ र डिजेल÷मट्टितेल १०१ रुपैयाँ पर्ने छ। निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।
मूल्य बढाउँदा पनि प्राय सबै इन्धनको व्यापारमा निगमलाई घाटा हुने बताइएको छ। गोइतका अनुसार पेट्रोल लिटरमा २.९२¸ डिजेलमा२.७२ र एलपि ग्याँसमा प्
Source link