बाबा गोकर्णेश्वर यातायातले नयाँ ३० वटा बस थप्ने, मंगलबारदेखि साँखु- दक्षिणकालीसम्म बस चल्ने :: BIZMANDU

332


काठमाडौं।बाबा गोकर्णेश्वर यातायातले ३० वटा नयाँ बस थप्ने भएको छ।

मंगलबारदेखि साँखु- दक्षिणकाली रुटमा संचालन गरेर सेवा विस्तार गर्न लागिएको कम्पनीका सचिव रोशनबाबु श्रेष्ठले जानकारी दिए।उनका अनुसार साँखुबाट  तीनवटा रुट हुँदै ४० वटा बस दक्षिणकालीमसम्म संचालन गर्न लागिएको छ।नयाँ ३० वटा र पुराना १० गरि ४० वटा बस दक्षिणकालीसम्म विस्तार गर्न लागिएको हो।

कम्पनीका अनुसार ४० वटै बस साँखु- थली-नारायणटार जोरपाटी हुँदै चावहिलसम्म आउनेछ।चावहिलबाट चक्रपथ-नयाँ बसपार्क बल्खुहुँदै दक्षिणकाली जानेछ।दोस्रो चावहिलबाट गौशाला-कोटेश्वर चक्रपथको घुम्दै बल्खु पुगेर दक्षिणकाली जानेछ।तेस्रो गौशालाबाट रातोपुल रत्नपार्क कालिमाटी बल्खु हुँदै दक्षिणकाली पुगेर सोही रुट फिर्ता हुनेछन्।अहिले कम्पनीका ५० वटा बसले चक्रपथ परिक्रमा गरेर जोरपाटीसम्म सेवा दिइरहेको छ। मंगलबारदेखि कम्पनीले नयाँ बस थपेर ८० वटा बसमार्फत सेवा दिनेछ।

कम्पनीले निकट भविष्यमा थप बसहरु ल्याएर गोकर्णको जगडोल-आरुबारी-चुच्चेपाटी-चावहिल रुटमा विस्तार गर्न लागिएको छ।यातायात व्यवस्था विभागबाट रुट परमिट समेत लिर्इसकेको सचिव श्रेष्ठले जानकारी दिए।

सर्वसाधरणको माग बढेकाले नयाँ रुटमा सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ।गोकर्णेश्वर यातायातले १० बर्षदेखि निलो माइक्रोको एकाधिकार तोड्दै जोरपाटी क्षेत्रमा गत वर्षबाट सेवा थालेको थियो।




बाबा गोकर्णेश्वर यातायातले नयाँ ३० वटा बस थप्ने, मंगलबारदेखि साँखु- दक्षिणकालीसम्म बस चल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link