एनआरटीले बराबरीमा रोक्यो विभागीय टोली आर्मीलाई :: PahiloPost

329

काठमाडौं: आजबाट शुरु भएको शहीद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा एनआरटीले आर्मीलाई २-२ को बराबरीमा रोकेको छ। राष्ट्रिय खेलाडी भएको विभागीय टोली पहिलो खेलमा एनआरटीसँग बराबरीमा रोकिएको हो।

एनआरटीले ११ औं मिनेटमा गोल गरी खेलमा अग्रता कायम गरेको थियो। ३७ औं मिनेटमा आर्मीका लागि पहिलो गोल सन्तोष तामाङले गरेर बराबरीमा आयो। दोस्रो हाफमा एनआरटीका लागि राजेश परियारले गोले गरी अग्रता कायमै राखे। तर इन्जुरी टाइमको सातौं मिनेटमा सन्तोषले आर्मीका लागि दोस्रो गोल गरे। 

साढे चार वर्षपछि भएको खेल युवा तथा खेलकुद मन्दी जंगबहादुर सुनार विकले उद्घाटन गरेका हुन्।

Source link