भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा निर्माणधिन गुम्बाको दोस्रो तल्ला ढलान सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा नम्वर ६ पाण्डुबजार हाईटमा उर्गेन सांङ्गे छोइलिङ तामाङ गुम्बाको शनिवार दोस्रो ढलान गरिएको हो ।
बढदो तामाङ बस्ती तर देशमा नै बस्दा पनि पराय मुलुकमा बसे जस्तो गुम्बा बिना बिरानो भएपछि उक्त स्थानमा गुम्बा निर्माण थालनी गरिएको ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्म लोप्साङ लामा बताउनुहुन्छ ।
आफ्नो संस्कारमा जन्म देखि मृत्यु संस्कार सम्म गुम्बामा नै गर्नु पर्ने भएपनि नजिकको गुम्बा अभावमा आफुहरुको बौद्या र स्वम्वु जान बाध्य भएको गुनासो गर्दै उहाँले भक्तपुरमा नै गुम्बा निर्माण गर्न लागेको बताउनुभयो ।
आफ्नो संस्कृति दोस्रो पुस्ताले भुल्लान एवं हराउला भनी भक्तपुरमा आफ्नो बस्ती नजिक नै गुम्बा निर्माण थालनी गरिएको उहाँको भनाई थियो । सामाजिक साँस्कृतिक , तामाङहरुको बिच आर्थिक रुपान्तरणको लागि पनि गुम्बाको ठुलो महत्व रहेका कारण पनि यस स्थानमा गुम्बाको आवश्यकता महसुस भएको उहाँले बताउनुभयो ।

करिव दश करोड भन्दा बढि लागतमा निर्माण हुन् लागेको गुम्बा तीन तल्ला आधाको हुने निर्माण समितिका संयोजक एवं ह्याङला आदिवासी तामाङ समाजका उपाध्यक्ष चेक वहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन खरिद गर्दा पनि हामी सँग एक पैसा थिएन साथी भाई इस्ट मित्र स्थानिय बासिन्दा ब्यवसायी उद्योगी लगाएत विभिन्न अन्य सहयोगीहरुबाट प्राप्त रकमबाट २२ आना जमिन ६० लाखमा २०७० सालमा गुम्बाको लागि नै खरिद गरिएको थियो । तर विविध कारणले एवं आर्थिक अभावले हाल सम्म पनि गुम्बा निर्माणले गति लिन सकेन तैपनि पुन आर्थिक संकलन गर्दै गुम्बा निर्माणको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरमा तामाङहरुको संख्यामा बृद्दि भएपनि आफ्नो संस्कार चलाउने गुम्बाको अभाव भएका कारण नै सुर्यविनायकमा गुम्बा निर्माण कार्य थालनी गरिएको ह्याङला आदिवासी तामाङ समाजका सह सचिब नरेस बाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल गुम्बा हाल सम्म जग्गा खरिद तथा निर्माण कार्यमा सहयोग गर्नु हुने सहयोगि मन हरुलाई हाम्रो सस्था धन्यबाद सम्मान गर्दछ सहयोगी मनहरुको साथ र सहयोगाट निर्माण कार्य अगाडी बडि रहेको छ । गुम्बा निर्माणका लागि सबै सँग सहयोगको आग्रह गदै वाइबा बताउनुहुन्छ धर्म संस्कृतिको रक्षा र समाज परिबर्तनको लागि केहि गर्न सकेनौ भने आफु जन्मेको केहि महत्व हुन्न त्यस कारण आफुले सक्दो सहयोग गर्नु नै धर्म हो ।
करिव २२ आना जमिनमा निर्माण हुन लागेको उक्त गुम्बा जम्मा तीन तल्ला आधाको हुने छ । करिव तीन बर्षमा निमार्ण सम्पन्न गर्ने लक्ष्यका साथ थालनी गरिएको उक्त गुम्बा निर्माण भएपछि भक्तपुरमा रहँदै आएका बौद्द मागीहरुलाई सहज हुने आशा लिईएको छ ।
हाल सम्मा विभिन्न दाताहरुको सहयोगमा गुम्बा निर्माणका लागि करिव एक करोड भन्दा बढि रकम संकलन भएको आर्थिक कमिटिले जनाएको छ ।

गुम्बा निर्माणार्थ थोकरको ५१५०५ सहयोग
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले गुम्बा निर्माणर्थ सहयोग स्वरुप ५१ हजार पाँच सय पाँच रुपैंया प्रदान गर्नु भएको छ । गुम्बाको दोस्रो ढलानका अवसरमा आयोजित एक कार्यक्रममा उहाँले उक्त रकम हस्तान्तरण गर्नु भएको हो । आफुले विभिन्न स्टेज सो गरेर आम्दानी गरेको रकम गुम्बा निर्माणको लागि सहयोग होस् भनी सहयोग गरेको उहाँको भनाई थियो ।
दोस्रो ढलान कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले आगामी दिनमा आफूहरुको पनि उक्त गुम्बा निर्माणमा सहयोग रहने बताउनुभएको थियो । यस्तै सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष किरण थापा लगाएतका महानुभावहरुको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो ।








































