विपद ब्यवस्थापनकोलागि पूर्व तयारी योजना आवश्यक

436

काभ्रे । विपद ब्यवस्थापनको लागि पूर्व तयारी योजना आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । काभ्रेको धुलिखेलमा आयोजित स्थानीय तहमा उत्थानशीलताकालागि लगानी विषयक अन्तक्र्रिया कार्यक्रममा सारोकारवालाहरुले विपद ब्यवस्थापनकालागि पूर्व तयारी योजना आवश्क भएको बताएका हुन् ।
सामुदायिक विद्यालय ब्यवस्थापन समिति महांसंघ नेपाल , एड्रा नेपाल , एनडीआरसी नेपाल, कारितास नेपाल, आरडी एम एस् सी नेपालको संयोजन र जिल्ला विपद ब्यवस्थापन समिति धुलिखेलको आयोजनामा भएको उक्त कार्यक्रममा विपदको लागि पूर्व तयारीको अभावले क्षतिमा बढोत्तरी भएको सरोकारवालाहरुले बताएका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतले विपद ब्यवस्थापनमा रणनीतिगत योजना आवश्यक भएको बताए । उनले यदि अवको दिनमा पनि विपद ब्यवस्थापनमा रणनीतिक योजना बनाउन नसकेको खण्डमा भावी दिनमा यसले अझ विकराल रुप लिने र क्षती बढ्ने बताए ।


यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्दव केसीले विपदको स्वागत विकासले नै गरेको बताए । विकासमा एक निश्चित रणनीतिक योजना, अध्ययन, अवलोकन एवं पूर्व तयारी विना जथाभावी रुपमा चलाईएका डोजरका कारण विकासले अझ विपदलाई स्वागत गरेको उनको भनाई थियो ।
सुरक्षित विद्यालय अभियानका अभियन्ता सामुदायिक विद्यालय ब्यवस्थापन समिति महांसंघ नेपालका महासचिव गुणराज मुक्तानले अव विपद व्यवस्थापनमा विद्यालयलाई प्रमुख रुपमा लिनु पर्ने बताए । उनले विद्यालयमा विपद पूर्व तयारीका विषयमा कक्षा संचालन गर्दै उनीहरुलाई विपदमा लड्न सिकाउनु पर्ने तथा विद्यालयमा विपद न्यूनिकरणका लागि आवश्यक पूर्व तयारी सामग्रीको ब्यवस्था गर्नु पर्ने वताए ।
कार्यक्रममा काभ्रेका स्थानीय निकायका प्रमुख, उपप्रमुखहरु , जिल्ला स्थित सरकारी कायालयहरुका प्रतिनिधी, २६ नं बाहिनीपति, जिल्ला प्रहरी प्रमुख लगायत सरोकारवाला संघ संस्थाको उपस्थिती रहेको थियो ।