भक्तपुर ।
दसैंको मध्यमा भक्तपुरका किसानहरुलाई भने धान काट्ने चटारो भएको छ । जिल्लाभर जताततै किसानहरु दशैंको रमझममा भन्दा धान काट्न व्यस्त देखिएका छन् ।
यो बर्ष धान काट्ने चटारोले किसानले फुर्सदमा दसैं मनाउन नपाउने पक्का भएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीका किसान उत्तम साख भन्छन् दसैं आयो तर फुलपातीको दिन सम्म धान काट्ने मेला छ अस्टमी एक दिन छैन फेरी नहमिको दिन पनि छ ।यो वर्षको दसैं त रमाईलोमा भन्दा बाली भित्राउन नै ब्यस्त हुनी भईयो उनले सुनाए ।
जेठ असारममा पर्याप्त पानी पर्दा रोपाइँ छिटै भएका कारणले पनि यस बर्ष दसैंको मध्यमा धान काट्न बाध्य हुनु परेको उनी बताउँछन् ।
बर्ष दिन भरीमा रमाउने चाड अनी बर्ष दिनै खानु पर्ने बाली सहैं दुविधाको समयमा चाड परेकाले उत्साहापूर्ण नभएको साख बताउँछन् ।
दसैंको मध्यमा धान काट्ने चटारो पर्दा धान काट्ने मजदुर पनि पाउन मुस्किल भएको किसान कुवेर सापकोटा सुनाउँछन् । छिटै आएको दसैं अनी समयमा रोपाई हुन सकेका कारण यो बर्षको दसैं त खेतैमा वित्ने भयो उनले सुनाए ।
एक त दसैं अर्को सबैको एकैपटक धान काट्ने गरिँदा धान काट्ने र धान झार्ने लाठे पाउन मुस्किल भएको उनी बताउँछन् । सबैको कामको चटारो अनी चाडको चटारो छ महँगिएको ज्याला दिन्छु भन्दा पनि मजदुर पाउन मुस्किल रहेको छ ।
बाहिरा बाट आएका कामदार पनि दसैं मान्न आ आफ्ना घर गए गाउँघरमा भएका सबैको एकै पटक बेला भएको छ त्यसमाथी दसैं जसले गर्दा बर्ष दिन खाने अन्न भित्राउन समेत मुस्किल भएको उनले गुनासो गरे ।
यस्तै चाँगुनारायण नगरपालिका वडा नम्वर ५ छालिङका अनिल फोजू पनि दसैंको मध्यमा बाली भित्राउनु पर्दा दसैं नै खल्लो भएको सुनाउँछन् ।
रमाउने साथी भाई भेट्ने मान्यजनको हातबाट टिका थाप्न जाने समयमा खेतको अन्न पनि भित्राउनु पर्ने बाध्यता त्यसमाथी काम गर्ने मानिस नपाउनु अझ समस्या भएको उनले सुनाए ।
नेपाल भरमा बढि धान उत्पादकत्व भएको जिल्ला भक्तपुरमा कूल चार हजार तीन सय ४८ हेक्टरमा धान खेती हुने गरेको छ । प्रति हेक्टर ६ मेट्रिक टन धान उत्पादकत्व रहेको भक्तपुरमा पछिल्लो समय धानको विउ एवं विकासे धान लगाउँदा यसको मात्र बढेको देखिन्छ ।
Related