नगरकोट । चाँगुनारायण नगरपालिका वडा नम्वर ६ नगरकोटमा काली देवीको पूजा अर्चना गर्दै राप्रपा प्रजातान्त्रिकले विजया दशमीको शुभकामना आदन प्रदान गरेको छ ।
युथ भोलेन्टर नगरकोटको आयोजनामा हरेक साल झै यस वर्ष पनि काली माताको पूजा अर्चना गर्दै राप्रपा प्रजातान्त्रिकले नगरकोटमा काली देवीको पूजा अर्चना गर्दै विजया दशमीको शुभकामना आदन प्रदान गरेको हो ।
विगत दश वर्ष देखि लगातार शान्तिको कामना गर्दै काली देवीको पूजा अर्चना गर्दै फुलपातीको दिन शुभकामना आदन प्रदान गर्दै आएको राप्रपा प्रजातान्त्रिक भक्तपुर जिल्ला समितिका अध्यक्ष रामशरण लामिछानेले बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य एवं राप्रयुसंघका संयोजक रविन्द्र प्रताप शाहले भक्तपुर बासीको सुख शान्ती अनी समृद्दिको कामना गर्दै हरेक बर्ष काली माताको पूजा अर्चना गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरको शिरोभागमा विराजमान काली माताले सवै सत मनुस्यमा शक्तीको प्रवाह गर्दै नकारात्मक उर्जाको नस्ट होस् भनी राप्रपा प्रजातान्त्रिकले हरेक बर्ष काली देवीको पूजा अर्चना गर्दै आयको बताउनुभयो ।