भक्तपुर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार दुई तिहाइको दम्भले दिशाहीन भएको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस २ नं. क्षेत्रीय समिति भक्तपुरको क्षेत्रीय सम्मेलनलाई सम्वोधन गर्दै उनले सरकार संविधान, संघीयता र लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा दुई तिहाइको दम्भले दिशाहीन र अलोकतान्त्रिक बन्दै गएको आरोप लगाएका हुन् ।
संविधानको मर्म बुझदै संघीयता स्थानीय निकाय एवं केन्दै कै पनि विभिन्न कानून निर्माणमा सरकाले तदारुक्ता नदेखाउनु उनीहरु आफै संविधान प्रति अनुत्तरदायी भएको उनको भनाई थियो ।
संविधान र संघीयता कार्यान्वयनमा सरकार असफल भएको छ संविधानका अनुसूचीमा व्यवस्था भएका अधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्नुले सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको स्पस्ट भएको उनको भनाई थियो ।
उनले हाल सरकार एक बलात्कारीको संरक्षणमा लाग्ने र विभिन्न गफ र फोस्रा भाषणमा मात्र लागेको आरोप लगाउँदै उपसभापति निधिले अव पनि यस्तै रवैयामा सरकार चले आगामी फागुन देखि काँग्रेसले आन्दोलन छेड्ने बताए ।
नेपाली काँग्रेसका अर्का नेता रमेश लेखकले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले सरकारको अर्कमणियता प्रस्ट भएको आरोप लगाए ।
उनले देशमा हाल दिनहुँ जासो हुने गरेको हत्या र बलात्कारका घटनामा सजायँ दिनु भन्दा हत्यारा र बलात्कारीको संरक्षणमा सरकार आफै लाग्नुले जनताको जीउधन र शान्ति सुरक्षा दिन यो सरकार असफल भएको दाबी गरे ।
भक्तपुर क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति नारायणभक्त खायमालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरका विकासका नाममा दलालहरु सँग लागी कहिले रंगशाला कहिले कोरिडोरका नाममा सर्वसाधारण आतंकित गराउने काम सरकार बाट भएको बताए ।
उपत्यकाका सडकमा मरेको कुकुर त उठाउन नसक्ने सरकारले उपत्यकामा स्मार्ट सिटी मेघा सिटी र भक्तपुरमा रंगशाला अनी विभिन्न कुरा गर्नु भनेको विकासका एजेण्डा विक्री गरेर पैसा कुम्लो पार्ने दाउ मात्र भएको आरोप समेत लगाए ।
कार्यक्रममा ९४ वर्षका पूर्व सभापति रामवहादुर ठकुरी र पूर्व संसद एवं पूर्व सभापति लेखनाथ न्यौपानेलाई सम्मान गरिएको थियो ।
Related