फेरि भयो टिप्पर आतंक

591

धुलिखेल । केही समय थान्का रहेको टिप्पर आतंक फेरि सुरु भएको छ । एक ताका काठमाडौं उपत्यका र आसपासका जिल्लामा टिप्परले मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिँदा थुप्रैले मृत्युवरण गरे । त्यो बेला ती घटनाक्रमलाई लिएर दुर्घटना बढेको भन्दा पनि टिप्पर आतंकको नाम दिइयो ।

शनिबार मात्रै काभ्रेको पाँचखाल नगरपालिकास्थित तीनपिप्लेको मोडमा बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भो । तीनपिप्लेकै कमल गौतमकी श्रीमती ५६ की रञ्जना गौतमको दुर्घटनामा मृत्यु भएको हो । मोटरसाइकल चालक श्रीमान कमल घाइते भएका छन् । तर, पछाडि बसेकी श्रीमती रञ्जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्परले मान्छे मार्न थालेपछि काठमाडौँ उपत्यकामा भने दिउँसो सञ्चालनमा रोक लगाइएको छ । तर, बाहिरफेरा भने टिप्पर दिउँसो पनि कुदिरहेका छन् ।