मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकामा राष्ट्रव्यापी मेयर कप बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
मध्यपुर चेस क्लब र मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को संयूक्त आयोजनामा हुने राष्ट्रव्यापी प्रतियोगिता तिहार पछि आयोजना हुने मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
ऐतिहासिक एवं सांस्कृतिक नगरी मध्यपुर थिमिमा देशभरका बुद्धिचाल खेलाडीहरुलाई एकै ठाउँमा भेला गराएर थिमिलाई आन्तरिक पर्यटन केन्द्रको रुपमा पनि विकास गराउने वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
उक्त प्रतियोगिताको लागि करीब ५ लाख रुपैया बजेट विनियोजन भैसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।