भक्तपुर । नेपाल भ्रमणमा आएको चिनियाँ पत्रकार टोलीले आज भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।
अल चाईना जर्नालिस्ट एशोसिएसनका महासचिव पान काङ नेतृत्वको ५ सदस्यीय पत्रकार टोलीले भक्तपुरको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् ।
चिनियाँ पत्रकार टोलीलाई नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सचिव अमर भुजुले भादगाउँले कालो टोपी र खादा लगाएर दरबार स्वाक्वर प्रवेशद्वारमा स्वागत गरेका थिए ।
चिनियाँ पत्रकार टोलीले दरबार स्वाक्वर, गोल्डेन गेट, तलेजु मन्दिर, ५५ तल्ले झ्याले दरबार, पाँचतल्ले मन्दिर, पोटरी स्वाक्यरको अवलोकन गरेका थिए ।








































