वृहत विद्यालय सुरक्षा सम्बन्धी तालिम सम्पन्न

723

काभ्रे । वृहत विद्यालय सुरक्षा न्यूनतम मापदण्ड कार्यान्वयन निर्देशिका सञ्चार प्रबोधीकरण रणनीतिक योजना बारेमा जानकारी दिने उदेश्यले वृहत विद्यालय सुरक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । काभ्रेको बनेपामा २ दिन सम्म चलेको उक्त तालिममा प्रदेश नम्वर ३ का ४ जिल्ला (काभ्रे, भक्तपुर, काठमाण्डौं, ललितपुर)का स्थानीय निकायहरुको सहभागिता रहेको थियो ।
सामुदायिक विद्यालय महांसघ नेपालको आयोजनामा युनिसेफ , युएस आईडी, एवं राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्र नेपालको प्राविधिक सहयोगमा सञ्चालित उत्त तालिममा स्थानीय निकायका प्रमुख उपप्रमुख , प्रमुख कार्यकारी अधिकृत, शिक्षा शाखा प्रमुख, विपद् व्यवस्थापन समितिका प्रतिनीधि इन्जिनियरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उनीहरुलाई विद्यालय सुरक्षा तथा सुरक्षित विद्यालय निर्माणको लागि कसरी स्थानीय निकायले भूमिका निर्वाह गर्नाका साथै वृह्त विद्यालय सुरक्षा न्यूनतम प्याकेज र वृह्त विद्यालय सुरक्षा कार्यान्वयन निर्देशिका को विषयमा जानकारी दिईएको थियो ।
उत्त तालिम कार्याक्रममा जिल्ला समन्वय समितिका सभापती उद्दव केसी , राष्ट्रिय प्रकोप जोखिम न्यूनिकरण केन्द्र नेपालका टिम लिडर शिव उप्रेती , सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसंघका महासचिव गुणराज मुत्तानले स्थानीय निकायले विद्यालय सुरक्षामा गर्नु पर्ने कार्यका विषयमा वताउनुभाएको थियो ।