काठमाडौं । सुविधानगर, तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल एकेडेमी अन्र्तगतको ट्रिटन स्काउट ट्रुपमा आवद्ध २ दर्जन स्काउटलाई भक्तपुरका विभिन्न ठाउँको ५ किलोमिटर लामो पदयात्रा (हाइकिंग) गराइएको छ ।
ट्रिटनका स्काउट गुरु शिवकुमार त्वायना र सेकेण्डरी कोअर्डिनेटर चक्रकुमार श्रेष्ठका साथमा ति स्काउटहरु विश्व सम्पदामा सुचिकृत भक्तपुर दरवार स्क्वायर, ५ तल्ले मन्दीर (न्यातापोल), ऐतिहासिक सिद्धपोखरीको अवलोकन गर्दै त्यहाँबाट हिँडेर सुर्यविनायकस्थित गणेश मन्दीर हुँदै डोलेश्वर महादेव मन्दीरसम्म गएका थिए ।
भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त समेत रहेका स्काउट गुरु त्वायनाले ति स्काउटलाई पदयात्रा शुरु गर्नुअघि जिल्ला स्काउट कार्यालयबाट पदयात्राबारे जानकारी दिँदै पदयात्रामार्गको नक्सा र चिठ्ठी दिएर पठाएका थिए ।