भक्तपुर । प्रदेश नम्वर ३ को राजधानी काभ्रे नै हुने प्रदेश सभा सदस्य सरस्वती बाटीे बताउनुहुन्छ ।
केन्द्रिय राजनीतिलाई प्रत्यक्ष रुपमा सघाउ पञ्याउने प्रदेशका रुपमा प्रदेश नम्वर ३ रहेका कारण पनि प्रदेशको राजधानी केन्द्रिय राजाधानी नजिक काभ्रेमा नै उपयुक्त रहेको उहाँको भनाई छ ।
भौगोलिक रुपमा तथा प्रदेशका हरेक संरचनाका लागि उपयुक्त स्थान काभ्रेमा नै रहेकाले प्रदेश राजधानी काभ्रेमा नै हुने उहाँ बताउनुहुन्छ ।
साँसकृतिक ऐतिहाँसिक एवं पर्यटकिय रुपमा पनि उपयुक्त केन्द्रिय राजधानी तथा विमान स्थलको नजिकको स्थान तथा बढि भन्दा बढि जनसंख्याको पहुँच पनि काभ्रेमा नै सहज रुपमा हुने भएकाले राजधानीकोलागि काभ्रे उपयुक्त रहेको उहाँको भनाई छ ।
आवश्यक संरचना निर्माणकोलागि तथा प्रदेश नम्वर ३ का १३ जिल्लामा काभ्रे उपयुक्त स्थान भएकाले काभ्रेमा नै राजधानी आउने उहाँले बताउनुभयो ।







































