ज्योतिष शास्त्र अन्तर्गत प्रत्येक मनुष्यलाई तीन श्रेणीमा बाँडिएको छ जो उनको गणको आधारमा निर्धारित हुन्छ । यी तीन श्रेणीमा देव गण, मनुष्य गण र राक्षस गण हुन्छ । गणको आधारमा मनुष्यको स्वभाव र उनको चरित्रबारे पनि बताइएको हुन्छ ।
देव गणः
जो मानिस देव गणबाट सम्बन्ध राख्छन् उनीहरु दानी, बुद्धिमान, कम खाने र कोमल हृदयका हुन्छन् । यस्ता व्यक्तिको विचार निकै उत्तम हुन्छ भने उनीहरु आफ्नोभन्दा बढि अरुको हितबारे सोच्ने गर्दछन् ।
मनुष्य गणः
यस्तै, जसको सम्बन्ध मनुष्य गणसँग हुन्छ, उनीहरु धनवान् हुनुका साथै धनुर्विद्याका राम्रा जानकार हुन्छन् । उनीहरुका आँखा ठूल्ठूला हुन्छन् र उनीहरुले समाजमा ठूलो सम्मान पाएका हुन्छन् र अरु मानिसहरुले पनि यस्ता व्यक्तिको कुरालाई आदर र सम्मान गर्ने गर्दछन् ।
राक्षस गणः
तर जब राक्षस गणको कुरा आउँछ धेरै मानिसहरु उनीहरुको नाम सुनेर नै डराउने गर्दछन् । तपाईंमध्ये कतिले आफ्नो चीना देखाउँदा तपाईंको पनि राक्षस गण भएको थाहा पाउनुभएको होला तर यसमा तपाईं डराउनुपर्ने कुरा केही पनि छैन ।