काठमाडौं– राजधानीमा एक बालकको अपहरणपछि हत्या भएको छ।
गोंगबुमा रहेको त्रिवेणी स्वस्तिका गेष्ट हाउस सञ्चालक प्रदीप कुँवरका ८ वर्षीय छोरा प्रयासको अपहरणपछि हत्या भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। एसएसपी सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले बालकको शव मैपीको पुलमुनि फेला पारको हो।
प्रयासकाे शव हत्या गरी जेब्रा झाेलामा राखेकाे अवस्थामा फेला परेकाे थियाे।
घटनामा संलग्न रहेको आशंकामा मृतक कुँवरका बुबाको गाडी चलाउने चालक महेन्द्र सार्कीलाई नियन्त्रणमा लिइएको छ। ‘अनुसन्धानका लागि भनेर हालसम्म महेन्द्र सार्कीलाई पक्राउ गरिएको छ।’, एसएसपी सिंहले भने।
प्रयास गत मंगलबारदेखि सम्पर्कमा थिएनन्। प्रयास गेस्ट हाउसबाटै हराएको जानकारी परिवारबाट मिलेपछि प्रहरीले खोजीकार्य तीव्र बनाएको थियो।
हत्या भएका बालक प्रयास कुँवर।