भक्तपुरः यातायात व्यवस्था विभागका कर्माचारीहरुले सवारी चालक अनुमति पत्र लाईसेन्स नेपालीकरणमा घुस रकम लिने गरेको खुलेको छ ।
विभाग अन्तर्गतको भक्तपुरस्थित जगाती कार्यालयका कर्माचारीले नक्कली कागजपत्र बनाई विदेशी लाइसेन्स नेपालीकरण गर्न घुस लिएको हो ।
विदेशी लाईसेन्स नेपालीकरण गर्दा घुस लिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग परेपछि आयोगले विभागको जगाती कार्यालयमा छानविन थालेको छ ।
तत्कालिन कार्यालय प्रमुख अनोज घिमिरेको कार्यकालमा कर्माचारीले नक्कली कागजपत्रको आधारमा घुस रकम लिएर लाईसेन्स नेपालीकरण गरेको अख्तियारको आरोप छ । तर तत्कालिन प्रमुख घिमीरे भने आफनो संलग्ना नरहेको स्पष्ट पारेका छन ।
गत वर्ष लाईसेन्स नेपालीकरणको विषयलाई लिएर आयोगले पत्र काटेको यातायात व्यवस्था विभागका प्रवक्त गोकर्ण उपाध्यायले बताएका छन् । जगाती कार्यालयमा यस विषयमा भएको अनियमिताको विभागले छानविन गरेको उनको भनाई थियो ।
लाईसेन्स नेपालीकरणमा मात्र होइन विभागको एकान्तकुना स्थित कार्यालयवाट दशैं अघिमात्रै ट्रायल नै पास नभएका करिव ७ सय लाईसेन्स समेत जारी भएको घटनाले लाईसेन्स नै किनवेच हुने गरेको तथ्य बाहिरिएको छ । लाईसेन्स जारी जस्तो संवेदनशील विषयमा कर्माचारीहरु संलग्नता विना सम्भव नभएको विभागका प्रवक्त उपाध्यायको भनाई छ ।
लाईसेन्स किनवेच समेत कार्माचारी कै मिलोमतो भएको भन्दै अख्तियारका साथ भौतिक पुर्वाधार तथा यातायात मन्त्रायलयवाट छानविन हुने भएको छ ।







































