दोस्रो विश्वयुद्ध अन्त्य गरेको स्टालिनग्राद युद्ध

341

दोस्रो विश्वयुद्ध रोक्ने स्टालिन ग्रादको ऐतिहासिक युद्ध आफैमा आश्चर्यलाग्दो छ । यो आफैमा जति अद्वितीय छ, उत्तिकै कारुणिक पनि । तर यो त्यतिबेलाको एक अनिवार्य युद्ध नै बन्न पुग्यो ।

यसका पछाडी जर्मनीको उदाउँदो फासिवाद, अमेरिका र बेलायतको पहिलो विश्वयुद्धको छायाँसहितको त्रसित मनोभाव र तेस्रो ध्रुवमा लाखौंको बलिदानबाट निर्मित सोभियत समाजवादी सत्ताको रक्षा र विकासको गम्भीर दायित्व ।

२३ अगस्ट सन् १९४२ मा सुरु भएको रसियामाथिको जर्मनी फौजी अतिक्रमण २ फेब्रुअरी १९४३ मा रसियाका अगाडि जर्मन आत्मसमर्पणपछि सकिएको थियो । त्यतिबेला विजयको रहस्य बनेको सोभियतमा विजयका लागि के कुराहरु निर्णायक र प्रेरक थिए त ?

हजार सतहत्तर विमानभेदी रेजिमेन्ट : यो हजारसतहत्तर विमानभेदी रेजिमेन्ट युवा महिलाको मात्र बनाइएको थियो । ती महिलाहरु सबै हाइस्कुल उमेरका थिए । उनीहरुको जिम्मा भनेको जर्मनको १६औं पाञ्जर डिभिजनलाई क्षतबिक्षत बनाउनु थियो ।

जब जर्मनको १६औं पान्जर डिभिजनले स्टालिनग्र्रादको ट्य्र्राक्टर फ्याक्ट्रीमाथि आक्रमण थाल्यो, युवा महिलाको यो हजार सतहत्तर विमाानभेदी रेजिमेन्टले तीमाथि भीषण आक्रमण गरे । तिनीहरु आफूसँग भएका थोरै हतियार लिएर दुईदिनसम्म जर्मनका ट्यांकसहितका सेनाहरुसँग लडे ।

महिलाहरुको यो युद्धकला देखेर जर्मन सेनाहरु आफैमा भयभित भएका थिए । ती महिला सेनानीहरुले जर्मनका ८३ ट्यांक, १५ थल साधनहरु र ३ बटालियन जर्मन सेना ध्वस्त पारे । यसका साथै १४ विमानहरु खसालिदिए ।

स्टालिनग्राद ट्रयाक्टर फ्याक्ट्री : स्टालिन ग्रादमा रहेको ट्रयाक्टर फ्याक्ट्री वास्तवमा रसियाका लागि हतियार तथा बन्दोबस्तीका सामानहरु उत्पादन गर्नका लागि थियो । यहाँ यति धेरै काम यस्तो रफ्तारमा गरिन्थ्यो कि लडाइँमा भएका र बिग्रिएका ट्यांकरहरु तथा अन्य साधनहरु निकै छिटो यहाँ पुर्याएर मर्मत गरिन्थ्यो ।

मर्मत गरिएका सबै सामानहरु बेलैमा लडाइँमा लगिन्थ्यो । यसले लडाइँमा ठूलो टेवा पुर्याएको थियो ।

मायायेभ कुर्गन : मायायेभ कुर्गनमा सबैभन्दा धेरै जनधनको क्षति भएको थियो । भनिन्छ, यदि पृथ्वीमा कहींकतै यति धेरै जनधनको क्षति भएको छ भने त्यो रसियाको मायायेभ कुर्गन नै हो । यहाँ जर्मनको छैटौं बटालियनले आक्रमण गरेको थियो । सहरको लगभग मध्य भागमा यो आक्रमण भएको थियो । जर्मनको अति क्रुर आक्रमणका विरुद्धमा रसियाले १३ औं डिभिजन परिचालन गरेर आफ्नो शक्ति केन्द्रित गरी भीषण प्रत्याआक्रमण गरेको थियो । यति बेलासम्म यहाँ दशहजार मानिसहरु मारिइसकेका थिए ।

पाब्लोको घर : जर्मनी आक्रमणलाई थेग्न एक मोर्चामा २४ वर्षको युवालाई एक घरमा युद्ध मोर्चाको जिम्मा दिइएको थियो । यो घर बोल्गा नदीको किनारमा अवस्थित थियो । उसलाई युद्धको अग्र मोर्चामा कसरी लडिन्छ भन्ने शायद कमै मात्र थाह थियो । उसँग एकदमै कम सेना थिए । र हतियार पनि कम नै थिए । तर जर्मनका तोप र ट्यांकहरुले भत्काउँदै गरेको घर निर्माण गर्दै लड्दै गरेर उसले निकै सफलताका साथ लडाइँ लड्यो । अन्त्यमा जम्मा २५ जना लालसेनाले जर्मनहरुलाई हटाएर त्यो घर बचाएर राखे । त्यसलाई आज पनि पाब्लोको घर भनिन्छ । यो घरमाथि जर्मन सेनाले लगातार तीन महिनासम्म आक्रमण गरिरहेको थियो । तर यो एक अभेद्य किल्लाका रुपमा अडिग राखियो ।

हवाई सहयोग : साभियतले यति धेरै सेना परिचालन गरेको थियो कि उनीहरुको रासनका लागि धेरैभन्दा धेरै खाद्यान्न आवश्यक हुने गर्दथ्यो । यसका साथै जर्मनी सेनाका लागि जर्मनले गरेको खाद्यान्न सप्लाई कटाउनु थियो । संघर्षका क्रममा दुईलाख तीस हजार जर्मन सेनाहरु स्टालिनग्रादमा थुनिएका थिए । अब जर्मन सेना हायलकायल पर्न थालिसकेको थियो ।

बहादुर जनरलहरु : जर्मनले आक्रमण गर्नुपूर्व जनरलहरु चयनका लागि सोभियतलाई निकै हम्मेहम्मे परिरहेको थियो । यसै बेला भ्यासिली जेट्सेभ, जो एक सामान्य किसान परिवारमा जन्मिएका थिए, ले एउटा सैन्य बटालियनको नेतृत्व गरेका थिए । युराल पर्वतमा जन्मिएका उनी आफ्ना सिकारी बाजेबाट मार हान्ने कला सिकेका थिए । उनले हरिण तथा ब्वाँसाहरु मारेर सिकार गर्दा निकै निशानबाज बनिसकेका थिए । उनले यो युद्धमा स्नाइपर मार्फत् जर्मनहरुमाथि आक्रमण गरेर धुलो चटाएका थिए ।

हिउँदको साथ : रसियाको जनजीवन निकै कठिन थियो । हिटलरले लडाइँ हिउँदको चर्को जाडो अगाडी नै सकिने छ भनी अनुमान गरेका थिए । तर युद्ध रसियाको रणनीतिक प्रतिरोधका कारणले लम्बियो । रसियाको भूमि स्टालिनग्रादमा जाडोले सातो लिन थाल्यो । तापक्रम माइनस ३० डिग्री सेन्टीग्रेडसम्म पुग्यो ।

त्यसपछि जापानीहरुलाई सोभियतको भूमि र मौसमले दुवैले साथ दिन छाडे । सोभियतले आक्रामक रुपमा आफ्नो आक्रमणलाई अघि बढयो । करीब तीनलाख बीस हजार जर्मनी सेनाले स्टालिनग्रादमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो ।