भक्तपुरका चोरको बिगबिगी: ११ जना पक्राउ

585

भक्तपुर नगरपालिकाकी उपमेयर देखि विभिन्नको घर चोरी गर्ने पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिकाकी उपमेयर देखि विभिन्न स्थानमा चोरी गर्ने गिरोहलाई भक्तपुर प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले बुधवार पत्रकार सम्मेलन गर्दै भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीको घर समेत ९ स्थानबाट सुन चाँदीका गरगहना तथा नगद चोरी गर्ने ४ जना तथा भक्तपुरको मध्यपुर थिमीस्थित हिम ईलेक्टोनिक्सको स्टोरबाट टिभी चोरी गर्ने ७ जनालाई सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा भक्तपुर प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठले विभिन्न समयमा गरि ९ स्थानबाट चोरी गर्ने गिरोहका साथबाट १९ लाख ५८ हजार ७ सय ५० नेपाली रुपैयाँ र २५ हजार ५ सय भारु नगद सहित ३ थान मोटारबाईक , ५ थान मोवाइल , १६ तोला सुन, १ थान सुनको सिक्का र ४२ तोला चाँदी लगायत सामान बरामद गरेको जानकारी दिएका छन् ।

यस्तै टिभी चोरी गर्नेहरुबाट काठमाण्डौंको थापागाउँबाट १४ थान टिभी बरामद भएको श्रेष्ठले जानकारी दिएका छन् । उनीहरुबाट ५५ इन्चको २ थान, ४९ इन्चको १ थान , ४३ इन्चको ६ थान ३२ इन्चको ५ थान एलइडी टिभी बरामद गरिएको उनले जानकारी दिए ।
सुन चाँदीका गरगहना तथा नगद घरै फोरेर चोरी गर्ने आरोपमा काभ्रे तिमाल गाउँपालिका वडा नम्वर ३ सरमथली स्थाई घर भई हाल काठमाण्डौं अत्तरखेल मेडिकल कजेज नजिक बस्ने वर्ष २९ को विवेक भन्ने वाडदेन तामाङ , काभै भुम्लु गाउँपालिका वडा नम्वर ३ घर भई अत्तरखेल नै बस्ने वर्ष २२ को विकास भन्ने सुमन लामा , मोरङ केराबारी गाउँपालिका वडा नम्वर २ स्थायी घर भई हाल काठमाण्डौं चाबहिल बस्ने २३ बर्षको सन्तोस बि.क र भारतको महाराष्ट्र प्रदेश साङली थाना तासगाँउ ग्राम पानमलेबाडी घर भई हाल काठमाण्डौं ७ चावहित बस्ने २७ को सचिन भन्ने बैभव बापुसो भोस रहेको प्रहरीले जनाएको छ । उनीहरु सँगै चोरीमा संलग्न अन्य ३ भने फरार रहको प्रहरीले जनाएको छ ।

यसैगरी टिभी चोरी गरेको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नं ४ घर भई हाल बानेश्वर थापागाँउ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी ६ घर भई हाल काठमाडौं काडाघारी बस्ने २१ वर्षीय शिब फुयाल, रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं २ घर भई हाल काठमाडौं अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल, भक्तपुर भक्तपुर नगरपालिका वडा नं ४ बस्ने २० वर्षीय सुजन जाकिबन्जार, भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ बस्ने २७ वषीय निरञ्जन लागेजु र हिम ईलेक्ट्रोनिक्समा गार्डमा कार्यरत भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ४ बस्ने ४० वर्षीय सुवास थापा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।