‘समयमै उपचार गर्नुपर्छ, क्यान्सर ठुलो रोग होइन’

1438

‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ तयारी

काठमाडौं । यतीखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसंगको लडाँई जितेका २२ महिला र ५ पुरुषहरु र्याम्प शोको तयारी गरिराखेको भेटिन्छन । उनीहरुको अनुहारमा गजवको चमक देखिन्छ । साँच्चै लडाँई जितेर आएको वीर योद्धा जस्तो ।
उनीहरुको हाउभाउ, स्वस्थ र जोशिलो शरीर, दृढ आत्मविश्वास, उज्यालो अनुहार देख्दा कसैले पनि उनीहरुलाई यसअघि क्यान्सर रोग लागेको थियो भनेर विश्वासै गर्न सक्दैन ।
यही पुस २७गते अर्थात ११ जनवरीमा नेपालमै पहिलोपल्ट आयोजना हुन लागेको सन्देशमूलक ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ कार्यक्रमको लागि उनीहरु कोरियोग्राफर डली गुरुंगसंग र्याम्पमा कसरी हिँडने भनेर सिक्दैछन ।त्यसो त गुरुंग पनि क्यान्सरलाई जितेकी एक दृढ, साहसी र सफल व्यवसायीमात्रै नभई नेपालकै पहिलो मोडेल पनिहुन ।
मुहारमाचमक र दृढ विश्वास लिएर लिएर ‘र्याम्प वाक’ गरिराखेका २७ जनालाई एकपछि अर्काे गर्दै हलको अगाडीबाट ‘र्याम्पशो’कीकार्यक्रम संयोजक स्वरुपा श्रेष्ठ अवलोकन गर्दैछिन ।


नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरको सहयोग तथा नेपाल क्यान्सर सर्भाइभर ग्रुपको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमापुस २७गते आयोजनागर्न लागिएको सन्देशमूलकर्याम्पशो क्यान्सरलाई जितेर दोस्रो जीवनपाएकाहरुको सहभागितामाहुनलागेको हो ।
मानिस सडक दुर्घटनादेखि विभिन्न रोग लागेर अकालमै मरिराखेका छन । झाडापखाला,निमोनिया, जण्डीसदेखि हेपाटाइटिस,एचआइभिदेखि एड्स,उच्च रक्तचापदेखि हृदयाघात, डायबिटिजदेखि मिर्गाैला खराबभएर मरिराखेका छन । तैपनि सबैले क्यान्सरमात्रै ठुलो रोग हो, यो रोग लागेपछि मानिस बाँच्दैन, उपचारको लागि घरबार नै सिद्धिन्छभन्ने खालको भ्रम समाजमाव्याप्त छ ।
यस्तो भ्रम र गलतधारणाको अन्त्यगर्न नेपालमै पहिलोपटक क्यान्सर जितेकाहरुलाई सहभागी गराई सन्देशमूलक र्याम्पशो आयोजनागर्न लागिएको आयोजक नेपालक्यान्सर सर्भाईभर ग्रुपकी सदस्यतथाकार्यक्रम संयोजक स्वरुपाश्रेष्ठ बताउनुहुन्छ ।

‘समयमै उपचार गर्नसके क्यान्सर भनेको ग्यास्ट्रिक, उच्च रक्तचाप, चिनीरोग र अरु साधारण रोग जस्तै हो’ श्रेष्ठ भन्नुहुन्छ—‘तर समयमै रोग पत्तालगाएर उपचार गराउनसकिएनभने मानिसहरु झाडापखाला, साधारण ज्वरो, निमोनिया र रुघाखोकीविग्रेर पनिमरिराखेको सबैले देखेकाछन ।’
‘समयमै क्यान्सरको उपचार गरि बाँचेकाहरु नेपालमा धेरै छन, तर तिनीहरु अफुलाई कुनैबेलाक्यान्सर लागेको थियो भनेर भन्नपनिचाहँदैनन, जसकाकारण अहिलेसम्मक्यान्सरमात्रै ठुलो रोग हो किभन्ने गलत सन्देश समाजमागइराखेको छ’— कार्यक्रम संयोजकश्रेष्ठ भन्नुहुन्छ ।
‘त्यसैले क्यान्सर निको भएकाहरुलाई अगाडी ल्याएर उनीहरुमार्फत क्यान्सर अरुजस्तै सामान्य रोग हो, नियमितउपचार गरे क्यान्सर निको हुने मात्रै हैन, क्यान्सरपछि पनिजीवन छ भनेर हामीले सन्देश फैलाउनखोजेकाहौं’—उहाँले भन्नुभयो ।
क्यान्सर लाग्दैमाजीवन समाप्तहुँदैन भनेर सन्देश दिनु नै यो शोको मुख्य उद्देश्यहो । धेरैले यो रोग निको भइसकेपछि पनिलुकाएर बसेका हुन्छन् । ‘जसरी चिनीरोग, उच्च रक्तचाप, ग्याष्ट्रिक, मुटुरोग छ भनेर खुलेर कुरा गरिन्छ त्यसैगरी क्यान्सर छ वानिको भयो भन्नलाई हिच्किचाउनु पर्दैन भन्ने सन्देश दिनु कार्यक्रमकोे उद्धेश्यहो’ उहाँले भन्नुभयो ।
‘र्याम्पशो’को तयारीमा जुटेका सहभागीहरु पनिआफुलाईकुनैबेलाक्यान्सर लागेको थियो भनेर भन्न पटक्कै हिच्किचाँउदैनन, उनीहरु खुलेर भनिराखेका छन—‘हो हामीलाई क्यान्सर लागेको थियो निको भइसक्यो ।’
समाजमाक्यान्सरमात्रै ठुलो रोग हो भन्ने भ्रमकाकारण आफुलाई क्यान्सर भएको बेलामाआफुले ठुलो पीडा, तनाव र आर्थिक समस्या खेप्न परेको अनुभव सुनाउँदै र्याम्पका सहभागी भन्छन, ‘अबकादिनमा यस्तो गलतधारणा र भ्रमकाकारण क्यान्सर लागेका अरु विरामीहरुले तनावलिननपरोस भन्ने हाम्रो प्रयास हो ।’
नेपालमै पहिलोपटक गर्न लागेको सन्देशमूलक र्याम्पशो को सहआयोजक नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्षतथावरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिपश्रेष्ठसमयमै रोग पत्तालागेर उपचार भएमा सबै प्रकारको क्यान्सरको उपचार नेपालमै हुने बताउनुहुन्छ ।
विगतमा जस्तो क्यान्सर रोगको उपचारको लागिकुनैपनि नेपालीविदेश जानु नपर्ने गरि ‘नेपालीको क्यानसर उपचार नेपालमै संभव छ’भन्ने मुलउद्धेश्यका साथसबैथरी क्यान्सरको निदानर उपचारको लागिनेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि सकृय रहेको अध्यक्षडा.श्रेष्ठले बताउनुभयो ।