सोनाम ल्होछारमा ३ दिन विदा

320

संगम लामा

काभ्रे । साेनाम ल्हाेछारमा तीन दिन विदा हुने भयकाे छ ।

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन विदा दिने घोषणा गरेको हाे । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष डि.बी. लामाका अनुसार आगामी माघ २१, २२ र २३ गते विदा दिने निर्णय गरिएकाे छ ।

‘गाउँपालिका भित्रको सबै सरकारी निकाय र शैक्षिक संस्थाहरुलाई विदा दिने निर्णय गाउँकार्यपालिका बैठकले गरेको छ ।’ अध्यक्ष लामाले बताउनुभयाे ।

७० प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको रोशी गाउँपालिकामा सोनाम ल्होछारलाई उत्सबको रुपमा मनाउन विदा दिईएकाे उहाँले जानकारी दिनुभयाे ।