माटो भट्टालाई खेत प्लानिङ्गलाई स्थानीय निकाय तै चुप मै चुप

889

भक्तपुर । अब्यवस्थित प्लानिङ्गका कारण अब्यवस्थित सहरिकरण बढेसँगै सरकारले अनावश्यक कित्ता काट बन्द गरेको छ ।

तर भूमी दोहन गर्ने र जग्गा एकिकरण गर्नेले भने सहज तरिकाबाटजग्गा प्लानिङ्ग गर्न नपाएपछि फरक तरिका अपनाउन थालेका छन् ।

चोरलाई अनेक उपाय भने जस्तै अहिले उपत्यकामा अनियमित प्लानिङ्गले प्रसय पाएपनि स्थानीय निकाय अनि प्रशासन भने मुकदर्शक हुन् बाध्य भएका छन् ।

भक्तपुरका विभिन्न स्थानमा हाल ईट्टा भट्टालाई माटो प्लानिङ्ग लाई जग्गा दिने क्रम बढेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभन्न स्थानमा यस्तोक्रम जारी रहेको छ ।

प्लानिङ्ग गर्न सरकारले विभिन्न प्रक्रियाको ब्यवस्था गरेपछि अंश वण्डाको नाममा अनियमित प्लानिङ्ग गर्नेहरु खुलेयाम जग्गा सम्याउने माटो विक्री गर्ने र प्लानिङ्ग गर्दा पनि स्थानीय निकाय भने मुख दर्शक हुन् बाध्य भएको छ ।

के गर्ने घर बाटो सिफारिसका लागि आउँछन् । प्लानिङ्ग हो कि के हो पत्तै पाईन्न नापीले कित्ता काट गरिदिन्छ हामीलाई दोष प्रायः सवै वडा अध्यक्षको भनाई नै यही रहेको छ ।

मालपोत र नापीले कित्ता काट गरिदिन्छन् अनि नरम नरम भाग लगाउने भन्ने भाषाको गलत प्रयोग गर्दै अंशवण्डाका नाममा अनियमित प्लानिङ्गले प्रसय पाएको छ ।

कोही कसैले सोधी हाले हामीले अंश वण्डा गर्न नपाउने भन्ने अनि एकै परिवारका आमा छोरा छोरी वुहारी लोग्ने स्वास्नीका नाममा अंश वण्डाको नाम गरी वण्डा गर्दै जग्गा खण्डीकरण गर्दै अनियमित प्लानिङ्ग गर्ने गिरोह नै भक्तपुरमा सक्रिय रहेको पाईन्छ ।

यस्तै ईट्टा भट्टा चले सँगै माटो विक्री गर्ने माटो विक्री गर्न भनी नगरपालिका तथा वडाले कुनै बाधा नगर्ने भएकाले यसमा चलाखी गर्दै प्लानिङ्ग गर्ने गिरोह नै यसमा सक्रिय भएका छन् ।

कतै माटो बेच्दै प्लानिब गर्ने गिरोह सक्रिय रहेका छन् भने कतै खोला नै विक्री गर्ने गिरोह त कतै मसान घाटै भत्काएर प्लानिङ्ग गर्ने गिरोह सक्रिय हुँदा पनि स्थानीय निकाय भने कानमा तेल हाली बसेको छ ।

स्थानीय निकायको निर्वाचन भएपछि भक्तपुरमा भू–माफियाको चलखेल अझ बढेको देखिन्छ । स्थानीय निकाय आए सँगै यस्तो क्रियाकलाप गर्ने गिरोहलाई अझ सहज भएको छ भने नियम संगत रुपमा प्लानिङ्ग गर्न चहानेहरुलाई भने यसले झण्झट ब्यहोर्नु परेको देखिन्छ ।

स्थानीय निकायमा आएका जनप्रतिनिधिहरु आफू भने हामी स्मार्टसिटी बनाउँछौं ब्यवस्थित सहर बनाउँछौ भन्दै भाषण दिने अनि टेवल मुनीबाट कागजात बुझ्दै अनियमित रुपमा अंश वण्डाका नाममा प्लानिङ्ग गर्नेलाई प्रशय दिदै आएको देखिन्छ ।

भक्तपुरका अधिकांश वडा अध्यक्षको भनाई भने यसमा हामीलाई थाहै हुन्न कसले के प्रयोजनका लागि घर बाटो सिफारिस लिन आयो भन्ने अंश वण्डाको कागज ल्याउँछन् घर बाटो सिफारिस पाउँ भन्छन् सरकारले तोकेको २० फिटे बाटो नै राखेर ल्याउँछन् कसरी थाहा पाउनु हामीले उसले प्लानिङ्ग गरेर विक्री गर्न लागेकै हो भनेर ।

 केहि समय पछि भकाभक खन्न थाल्छन् पर्खाल लगाउन र सम्याउन थाल्छन् त्यही जग्गा केहि महिनापछि अर्को मानिस पुनः अंश बण्डाका लागि नामसारीको लागि वा विक्रीको लागि आउँछन् । उनीहरुलाई यसो त गर्नु भएन भन्दा आफ्नो सम्पत्ती विक्री गर्न समेत नपाउनु भन्ने कहीँ छ भन्ने जस्ता कुरा गर्ने गरेको प्राय वडा अध्यक्षहरुको भनाई छ ।

आफ्नो वडामा प्लानिङ्ग गर्ने गिरोह भएको र उनीहरुले यही प्रयोजनका लागि घरबाटो सिफारिसका लागि आए भन्ने थाहा भएपनि मौन रहनु मै भलो भएकाले उनीहरु मौनतामा नै नाफा खोजी रहेको पनि देखिन्छ ।

हाल चाँगुनारायण नगरपालिका वडा नम्वर ८ अनि ५ मा पनि माटो ईट्टालाई खेत प्लानिङ्गलाई गर्दै प्लानिङ्ग गरिसक्दा पनि स्थानीय निकायले भने चुईक्क गरेको देखिन्न ।

 प्लानिङ्ग गर्नेसँग बुझदा उनीहरुले आफूहरुले आफ्नो सम्पत्ती हामी विक्री गर्न पनि नपाईने कहाँ लेखेको छ हामीले आफ्नो मौलिक हक प्रयोग गर्दै जग्गा विक्री गरेका हौ यो हाम्रो अधिकारको कुरा हो भन्दै बाटै मिचेर प्लानिङ्ग गरेको तथा सार्वजनिक जग्गा मिचेको पाईन्छ ।

प्लानिङ्ग गर्ने नै हो भने खुला जमिन छोड्नुपर्ने तथा बाटो पानी नाली ढल निकास विजुली ब्यवस्थित गर्दै गर्नुपर्ने रहेको छ तर हाल यस्तो माफियालाई भने अंश बण्डाको नामले सजिलो भएकोदेखिन्छ ।

 बाटो बनाए पुग्यो , न नाली बनाउनुपर्ने न विजुलीको न ढल न खानेपानी न खुल्ला जमिने छोड्नुपर्ने काईताको उपाय भएको छ हाल अंश बण्डाका नाममा प्लानिङ्ग ।

अंश बण्डाका नाममा यसरी अनियमित तरिकाले भएको प्लानिङ्ग समयमा नै नरोक्ने हो भने अब्यवस्थित सहरीकरणलाई रोक्न भोलिका दिनमा कसैले पनि नसक्ने देखिएको छ ।