भक्तपुर । सशस्त्र प्रहरीले शनिबार दिउँसो भक्तपुरबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको सल्लाघारीस्थित चंगागणेश रेष्टुरेन्ट एण्ड बारबाट सशस्त्र प्रहरी बल गुल्म हेडक्वाटर (औद्योगिक सुरक्षा) भक्तपुर २८ नम्बर गुल्मको टोलीले इटालियन अटोमेटिक पेस्तोल एक थान, गोली पाँच ओटा र म्यागजिन एक थानसहित उनीहरुलाई पक्राउ गरेको हो ।
सो गुल्मका गुल्मपति प्रकाशकुमार सुवेदीका अनुसार, गुल्मका सशस्त्र प्रहरी निरीक्षक देवसिंह भाटको कमान्डमा खटिएको टोलीबाट पक्राउ पर्नेमा भक्तपुर सल्लाघारीमा बस्दै आएका कालिकोट तिलागुफा नगरपालिका १ का २५ वर्षीय मोतीलाल शाही, कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलद्वीप शाही, मुगु जिल्ला खत्ने गाउँपालिका–२ बस्ने २२ वर्षीय भीमप्रसाद दाहाल र कालिकोट मैबी गाउँपालिका–६ का १८ वर्षीय जोगेश शाही छन् । उनीहरुबाट सशस्त्र प्रहरीले केही नगद र मोबाइलसमेत बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भक्तपुर पठाइएको छ ।