आमाको किरीया गर्दै पुर्व नर्स सविना

360

बलराम प्यासी
काठमाडौं । सैनिक अस्पतालबाट सेवानिवृत्त भएकी पुर्वनर्स सबिना फुँयाल केसीयतीखेर आफ्नी दिवंगत आमाको किरीयामा आफ्नो घर गठ्ठाघरमा कोरामा बसेकी छिन् । उनकी आमा विष्णुकुमारी फुँयालको ९० वर्षको उमेरमा उपचारको क्रममा पुस १३ गते निधन भएको थियो ।
फुर्केसल्ला दोलखामा जन्मी घ्याङ्ग सुकाठोकर दोलखाकी स्थायी बासिन्दा विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आएकी थिइन ।
नेपाली सेनाको अस्पतालमा लामो समय काम गरि ९ वर्षअघि सेवा निवृत्त भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आएकी थिइन ।
झण्डै १ वर्षदेखि थला परेकी आमाको आफ्नै घरमा राखेर सबिनाले स्याहार सुसार मात्रै गरिनन, पुस १३ गते निधन भएकी दिवंगत आमाको पशुपति आर्यघाटमा दाहसंस्कार गरि हिन्दु धर्म संस्कृति अनुसार कोरामा बसेर काजकिरीया समेत गर्दैछिन ।
आफु जिवीत हुँदाहँुदै पनि दिवंगत सासुको अन्तिम संस्कार र काजकिरीया गर्न सबिनाका पति शंकरले पत्नि सबिनालाई यतिखेर पुर्ण साथ दिइरहेका छन् । यो घटना वर्तमान समाजको लागि एउटा उदाहरण पनि हो ।