काठमाडौं । गायन विधामा शौख राख्ने गृहिणी रेखा भट्टराईले पप आधुनिक गीतको म्युजिक भिडियो ‘म मायाँ लाउँदिन’ शनिबारदेखि स्रोता सामु ल्याएकी छिन् ।
लक्ष्मीराज दाहालको शब्द, प्रदिप सिंह थापाको निर्देशन, नृत्य प्रशिक्षक मनराम केसी र संगिता श्रेष्ठ कोरियोग्राफीमा बनेकोसो म्युजिक भिडियोमा राज तिमिलसिना र मोनिका दाहालले अभिनय गरेका छन भने एकदर्जन किशोरीले पाश्र्वनृत्य गरेका छन् । देवी गुरुंगले सम्पादन गरेको सो म्युजिक भिडियो फुलचोकी मिडिया ललितपुरले निर्माण गरेको हो ।
गायीका भट्टराईको स्वरमा रेकर्ड भएको यो म्युजिक भिडियो चौथो भएको उनले बताइन । यसअघि रेखाले आफ्नो स्वरमा ‘रेखा’ एल्वमका लागि तीनवटा गीतहरु ‘तिम्रै लागि’ ‘लड्दै लड्दै’ र ‘जिन्दगी खोला सरी गरि’ रेकर्ड गराईसकेकी छिन् ।
शनिबार कलानिधि इन्दिरा संगीत महाविद्यालय पुल्चोकमा आयोजित एक कार्यक्रममा सो म्युजिक भिडियोको चर्चित गायीका लोचन भट्टराईले विमोचन गर्दै म्युजिक भिडियोका कलाकार तथा गायीकालाई उपहार दिएर सम्मान गरीन ।
चर्चित हाँस्य कलाकार धनराम केसी मुस्कानको सभापतित्वमा सम्पन्न म्युजिक भिडियो विमोचन समारोहमा चर्चित गायीका लोचन भट्टराई, म्युजिक भिडियोकी गायीका रेखा भट्टराई, वरिष्ठ संगीतकार प्रताप रानामगर, कलानिधि इन्दिरा संगीत महाविद्यालयलका सचिव रामकृष्ण दाहाल, सञ्चारकर्मी किशोर निरौला, नायीका मोनिका दाहाल, निर्देशक प्रदिपसिंह थापा, गायीका वविता सिटौला लगायतले म्युजिक भिडियोको सफलताको कामना गरेका थिए ।