भक्तपुरमा धर्म परिर्वतन विरुद्दको महाअभियान थालनी

488

भक्तपुर । भक्तपुरमा धर्म परिर्वतन विरुद्दको महाअभियान थालनी गरिएको छ ।

देश भर हिन्दु जागरण नेपालले आयोजना गर्दै आएको उक्त अभियान अन्र्तगत भक्तपुरमा धर्म परिर्वतन विरुद्दका पोस्टर टाँस्दै कार्यक्रम थालनी गरिएको हो ।
हिन्दु जागरण नेपाल कटुञ्जे उप शाखाको आयोजनामा उक्त काम भएको हो । धर्म परिर्वतन विरुद्दमा विभिन्न काम गर्दै आएको हिन्दु जागरण नेपालले भक्तपुरमा भने कटुञ्जे उपशाखा मार्फत भक्तपुर भर पोस्टर एवं पर्चा टाँस गरिएको थियो ।

उपशाखाका अध्यक्ष कोकिला बस्नेत , उपाध्यक्ष सविना केसी र सचिब भावना लुइटेल, सदस्य श्री लक्ष्मी पञ्चको नेतृत्वमा उक्त कार्यको थालनी गरिएको छ ।