काभ्रे । तामाङ समुदायको महान पर्व २८५५ औं सोनाम ल्होछार सुगुर वर्षको अवसरमा तीन दिन सार्वजनिक बिदाको घोषणा गर्ने जनप्रतिनिधि सम्मानित भएका छन् ।
समुदायको महान चाड ल्होछारको अवसरमा दुई दिन विदा घोषणा गरेर तामाङ समुदायलाई सम्मान गर्न मद्दत गर्ने काभ्रेका दुई गाउँपालिकाका अध्यक्ष तथा जनप्रतिनिधिलाई नेपाल तामाङ युवा घेदुङद्वारा धन्यवाद ज्ञापनपत्र तथा सम्मान गरिएको हो ।
रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा (डिबी) र तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामालाई कार्यालयमै पुगेर तामाङ युवा घेदुङका केन्द्रिय उपाध्यक्ष बिलाम मुक्तान लगायतका टोलीले धन्यवाद ज्ञापनपत्र र सम्मान गरेका हुन् ।
केन्द्रिय सरकारले चाडपर्वको विदा कटौती गरेको बेला स्थानीय तहमा सोनाम ल्होछार पर्वलाई लक्षित गरी ३ दिन विदा दिएकोमा खुसी व्यक्त गर्दै नेपाल तामाङ युवा घेदुङका केन्द्रिय उपाध्यक्षले रोशी र तेमाल गाउँपालिकालाई बधाईको पात्र समेत बनेको बताएका छन् ।
पहिलो पटक स्थानीय सरकारको अधिकार प्रयोग गर्दै त्यस क्षेत्रमा रहेको जनसंख्याको आधारमा तामाङको बहुल्यता रहेको कारण ल्होछारलाई भव्यताका साथ मनाउन ३ दिन सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाहरुले ल्होछारको अवसरमा माघ २१ गते देखि २३ गते सम्म विदाको घोषणा गरेका हुन् ।