डोलेश्वरमा चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

274

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिमा बालहरि चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिबार भएको समितिको दशौं वार्षिक साधारणसभाले चालिसेको अध्यक्षतामा १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाले समितिको बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतु, उपाध्यक्षमा मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिवमा धर्मराज बस्नेत, सचिवद्वयमा विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्षमा मोहन बल्ल तथा सह–कोषाध्यक्षमा दिलिप केसी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी ८ जना सदस्यका लागि भएको निर्वाचनमा कविराम थापा, राजनकाजी त्वाती, गीता थापा, बिनोद भट्टराई, सुनिता थापा, मुकुन्द शर्मा, केदार प्रसाद उपाध्याय र दिपक बस्नेत निर्वाचित भएका छन् ।