थाहा खबर: म्याग्दीको तातोपानी पुगे देउवा–पौडेल

195

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानी कुण्डमा नुहाएका छन्। नेता द्वयले शनिबार तातोपानीमा नुहाएका हुन्। तातोपानीमा नुहाएपछि धार्मिक तथा शारीरिक रुपमा राम्रो हुने विश्वास छ।

केही समय अघि सम्बन्ध सुधारका लागि भन्दै तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापा बादलले तातोपानीमा पुगेर नुहाएका थिए। कांग्रेस नेताहरु पनि सम्बन्ध सुधारका लागि तातोपानी गएको बुझिएको छ।

Source link