झापा, फागुन २६ । डोमालाल राजवंशी रंगशालामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा उत्रदैछन् । झापा चार पटकनै फाइनलमा पुगेको टिम हो भने त्रिभूवन आर्मी दुई पटक उपाधि विजेता टिम हो । यस पटकको उपाधि दु्वै टिमले उचाल्ने टिमका प्रशिक्षक र क्याप्टेनले दाबी गरेका छन् ।
झापाका कप्तान कर्ण लिम्बूले यो पटक उपाधि उचाल्न आफूहरु मन र जोसले फाइनल खेल्ने बताए । यता आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरेपनि टिम उपाधि जित्न तयार रहेको दाबी गर्नुभएको छ । आर्मीका क्याप्टेन भरत खवासले झापा ११ राम्रो टिम रहेकाले उपाधिको लागी कडा प्रतिस्पर्धा गर्नुपर्ने उहाँको भनाई छ । ‘झापा राम्रो टिम छ, उसको घरेलु मैदानमा फाइनल खेल्न हामीलाई त्यती सहज छैन’ थापाले भन्नुभयो – ‘जित्ने चान्स् फिप्टिफिप्टी छ, पाएको अवसर सदुपयोग ग¥यौँ भने हामी जित्छौँ ।’
दर्शकको भरपुर समर्थन पाउदै आएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बू डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्र्ने तयारीमा छ । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित मैदान उत्रदैछ ।
१० टिमले सहभागीता जनाएका प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफी पाउनेछन् । आयोजक समिति अध्यक्ष महेन्द्रकुमार गिरीका अनुसार फाइनल खेल १० हजार दर्शकले हेर्ने छन् । हालसम्म २५ हजार भन्दा बढी दर्शकले प्रतियोगिता हेरेको बताउँदै फाइनल प्रतियोगितालाई मध्यनजर गर्दै दर्शको व्यवस्थापनका लागि विशेष पहल भएको उहाँको भनाई छ ।
यता अखिल नेपाल फुटवल संघका लिग निर्देशक संजिव विष्टले मोफसलमै उत्कृष्ट खेल मैदानसहित प्रतियोगिता गराउँदै आएको झाले फुटवल खेलको विकासमा ठोस् योगदान पु¥याएको बताउनुभएको छ । उहाँले अझ खेल मैदानलाई दर्शक मैत्री बनाउन सके दर्शकको आर्कषण सहित अन्तराष्ट्रिय टुनामेन्ट समेत झापामा गराउन सकिने बताउनुभयो । उहाँले आयोजकलाई खेल मैदानमा स्थायी प्यारापिट र शौचालय, खानेपानी व्यवस्था, खाजाघर निर्माण गर्न सकिए नेपालकै नमूना रंगशाला हुने बताउनुभयो ।